Aamsanchar

बिर्तामोडको मिनी मार्केटमा आगलागी,करोडौं क्षति

Author Image
बुधवार, भदौ १, २०७३

fire1

बिर्तामोड ।
विद्युत सर्ट भएर झापाको बिर्तामोडस्थित कृषि थोक बजारको मिनी मार्केटमा बुधबार विहान आगलागी हुदा दुई करोड रुपैया भन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ५ बजेतिर सुरु भएको आगलागीबाट कृषि थोक बजार परिसरमा रहेका १० वटा फेन्सी पसल जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार आगलागीका कारण दुई करोड रुपैया मूल्य वरावरको क्षति भएको प्ररम्भीक अनुमान रहेको छ ।
आगलागी स्थानीयवासी, प्रहरी तथा बिर्तामोड,दमक,भद्रपुर र मेचीनगर नगरपालिकाको वरुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केट भित्र आगलागी भएका कारण क्षतिको क्षतिको विवरण बढ्न सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर