Aamsanchar

तक्मे बुढा र सुनिल थापा विपाशासँग बलिउड चलचित्र खेल्दै

Author Image
बुधवार, भदौ १, २०७३

Sunil-thapa-and-Takme-budho-with-Bipasa-Basu

यो नेपाली चलचित्रका कलाकारका लागि एउटा खुशीको कुरा हो । बलिउडकी हट सुन्दरी नायिका विपशा वासुको साथमा नेपाली चलचित्रका २ कलाकारले बलिउड चलचित्रमा काम गर्ने भएका छन् । ‘मेरी कोम’ चलचित्र मार्फत बलिउडमा कमब्याक गरेका चर्चित कलाकार सुनिल थापा र नेपाली हाँस्य क्षेत्रमा छोटो समयमै लोकप्रियता कमाएका कलाकार विल्सन विक्रम राई’तक्मे बुढा’ले एक बलिउड चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । बलिउड नायिका विपशा वासुको मुख्य भूमिका रहने चलचित्र ‘भाइ मस्ट वी क्रेजी’मा यी दुई कलाकार देखिन लागेका हुन् ।

चलचित्रको निर्देशन विनय शर्माले गर्दैछन् । यो चलचित्रमा पंकज कपुर डनको भूमिकामा देखिनेछन् । विपशाले जंगलमा डनलाई पछ्याउने बिषयमा चलचित्र बन्नेछ । चलचित्रमा आफ्नो भूमिकाको बारेमा दुबै कलाकारले खुलाउन चाहेनन् । चलचित्रको सम्पूर्ण छायांकन नेपालमा हुने कुरा थियो । तर, नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीका कारण अब यसको छायांकन थाइल्याण्डमा हुनेछ । थाइल्याण्डमा करिब ४५ दिनको तालिका तय भैसकेको छ । सुनिल थापाले चलचित्रका लागि संझौता गरिसकेका छन् भने विल्सनले यो साता भित्र संझौता गर्नेछन् ।

चलचित्रका निर्देशक विनय शर्मा नेपाल घुम्न र विल्सनसँग संझौता गर्न बिहिबारसम्म नेपाल आइपुग्ने बताइएको छ । चलचित्रमा ‘कमेडी नाइट्स विथ कपिल’मा आफ्नो अभिनयका कारण चर्चामा रहेका कलाकार सुनिल ग्रोवर पनि देखिनेछन् । उनले नायिका विपशा वासुलाई सघाउनेछन् । जनवरी २७ तारिखमा विल्सन र सुनिल थाइल्याण्ड जाने वुझिएको छ । सुनिल थापा बलिउडमा पनि परिचित नाम हो । तर, विल्सनका लागि यो चलचित्र बलिउड यात्राका लागि कोशेढुंगा हुनसक्छ । विल्सनले यसअघि पनि बलिउड चलचित्र खेल्ने चर्चा थियो । तर, विविध कारणले उनले चलचित्रमा काम गर्न सकेनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)