Aamsanchar

२० जिल्लाका १७५ वन मापन

Author Image
बुधवार, भदौ १, २०७३

Ban

काठमाडौँ ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागले आर्थिक वर्ष २०७२÷७३ मा तराईका २० जिल्लाको १७५ स्थानको वन मापन गरेको छ ।

विभागले तराईका २० जिल्लाको विभिन्न १७५ वनमा रहेको रूखको उचाइ, मोटाइ, नयाँ बिरुवाको अवस्था, पुरानो बिरुवाको अवस्था, कुन कुन प्रजातिको बिरुवा, गैरकाष्ट बिरुवा र माटोको कार्बनसम्बन्धी अध्ययन गरेको हो ।

विभागका उपसचिव डा राजेन्द्र केसीले मापन गर्दा गत वर्षको तुलनामा बोटबिरुवा र वनजङ्गल बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विभिन्न क्षेत्र बनाएर वनको अध्ययन गर्छाैँ अध्ययन गरेका मध्ये धेरै क्षेत्रमा वन बढेको पाइएको छ ।”

डा केसीले नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन र वनको संरक्षण तथा संवद्र्धनका लागि विभाग गम्भीर भएर लागेको बताउनुभयो । उहाँले सरकारले अनुसन्धान क्षेत्रलाई ज्यादै धेरै प्राथमिकतामा नराखेको भए पनि आफूहरु अनुसन्धानमा दृढ भएर लागेको स्पष्ट पार्नुभयो ।

विभागले हाल सुनसरी, हेटौँडा, बुटवल, सुर्खेत र धनगढी गरी पाँचवटा क्षेत्रीय स्थलगत इकाईमार्फत वनको अनुसन्धान गर्दै आएको छ । आव २०७२÷७३ मा कपिलवस्तु जिल्लामा रहेको सबै सामुदायिक तथा कबुलियती वनको अनुसन्धान र सर्वेक्षण गरिएको विभागले जनाएको छ ।

यसअघि विभागले २०६७ देखि २०७१ सालसम्म गरेको अध्ययनमा नेपालको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत जमिन वन क्षेत्रले ढाकेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर