Aamsanchar

चपली हाइट २ को धमाका बिहीबारबाट देशभर

Author Image
बुधवार, भदौ १, २०७३
chapali hit 2g
‘चपली हाइट २’ घोषणा गर्दा नै भदौ २ गते रिलिज तोकिएको थियो। तर, केही प्राविधिक कारणले भदौ २ गते राजधानीबाहिर र भदौ ३ मा मात्र राजधानीमा प्रदर्शन गर्न पाउने अनुमति पाएको थियो।
तर, अब बिहिबारदेखि नै देशभर एकैसाथ रिलिज हुने भएको छ। ‘मलाई पनि हिजो राति मात्र थाहा भयो,’ निर्देशक दीपेन्द्र के. खनालले बुधबार सेतोपाटीसँग भने, ‘वितरक र चलचित्र संघबीच हिजो बिहिबारदेखि नै लगाउने सहमति भएछ।’
chapali-height
निर्देशक खनालका अनुुसार फिल्म देशभर एकैसाथ करिब ६० वटा हलमा प्रदर्शन हुनेछ। राजधानीका मल्टिप्लेसक्समा बुधबार टिकट अग्रिम बुकिङ खुलिसकेको छ। चपली हाइट २ ले शुक्रबारका लागि क्युएफक्समा १२, बिग मुभिजमा पाँच, एफक्युबमा चार, क्युजमा दुई शो पाएको छ।
चर वर्षअघि रिलिज ‘चपली हाइट’ को सिक्वेलका निर्माता अर्जुनकुमार हुन्। पपकर्न पिक्चर्सले वितरण गरेको फिल्ममा आयुष्मान जोशी, परमिता राणा र मरिस्का पोखरेलले मुख्य भूमिकामा अभिनय गरेका छन्।
बिहिबारदेखि नै मिलन चाम्स निर्देशित ‘वीर विक्रम’ पनि रिलिज हुँदैछ।
chapali hit 2
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)