Aamsanchar

डाक्टरले रक्सी पिएर ड्यूटी गरेपछि……

Author Image
बुधवार, भदौ १, २०७३

महोत्तरी ।

 कार्यालय समयमासमेत मादक पदार्थ सेवन गरेको आरोपमा एक चिकित्सक कारवाहीमा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा. अशोककुमार यादवमाथि मपासेदेखि विभागिय कारवाहीसम्म हुने भएको हो ।

इलाका प्रहरी गौशालाले उनलाई अत्यधिक मदिरा सेवन गरेको अवस्थामा मंलबार नियन्त्रणमा लिइ कारवाहीको लागि जिल्ला प्रहरीमा पठाएको थियो । जिल्ला प्रहरीले मपासे कसुरमा कारवाहीको माग गर्दै बुधवार जिल्ला प्रशासनमा उपस्थित गराइएको थियो । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई मपासे कसुरमा हजार रुपैयाँ जरिवाना गरिएको जनाए ।
जरिवानापछि थप कारवाहीका लागि भने उनलाई जिल्ला स्वास्थ्य कार्यालयको जिम्मा लगाइएको छ । प्रजिअकाअनुसार स्वास्थ्य क्षेत्र निजामति सेवा ऐनअन्र्तगत नपर्ने भएकाले प्रशासनले उनलाई कारवाही गर्न मिल्दैन । जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेकाअनुसार डा. यादव करारका कर्मचारी भएकाले स्वास्थ्य ऐन पनि उनीमाथि आकर्षित हुन सक्दैन ।

मन्त्रालयले के कस्तो करार गरेर नियुक्ति दिएको छ त्यो बुझेर कारवाही प्रकृया अघि बढाइने डा. पाण्डेले जनाए ।

‘तर उनलाई अहिले कारवाहीभन्दा पनि उपचारको आवश्यकता छ,’ उनले भने, ‘उनको परिवारसँग सम्पर्कको प्रयासमा छु ।’

दिनदहाडै मदीरा सेवन गरी अभद्र व्यवहार गर्ने, विरामी जाँच्ने कार्यकक्षमै बेहोस हुने, जथाभावि वान्ता र मलमुत्र त्यागेर स्वास्थ्य संस्था नै प्रदुषित पार्ने जस्ता कार्य गरेका डा यादवले सबैलाई हैरानीमा पारेको गौशालाका स्थानियको आरोप छ । वर्ष दिनसम्म पनि आफुलाई नसुधारेपछि स्थानियको उजुरिमा प्रहरीले उनलाई पक्राउ गरी जलेश्वर चलान गरेको थियो ।

http://bit.ly/2bdDpwy

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर