Aamsanchar

३० वटा साझा बस थप्न आग्रह

Author Image
बिहिवार, भदौ २, २०७३

काठमाडौं:

sajha-bus-kanak-seeing-off-chief-secretary

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा कम्तीमा ३० वटा साझा बस थप्न आग्रह गरेका छन् । प्रचण्डले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीहरुलाई बोलाएर साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गरे ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पुर्‌याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री प्रचण्डले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गरे ।

साझा यातायातले उपत्यकामा ३० वटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर