Aamsanchar

यो फोटो जस्ले संसार चकित बनायो (भिडियोसहित)

Author Image
बिहिवार, भदौ २, २०७३

 

chakit parne balak

रियामा गृहयुद्धको अवस्था कस्तो छ त्यसलाई बयान गर्न एउटा मात्र तस्बिर काफी छ । यो तस्बिर एपोलो शहरमा हवाई आक्रमण पछिको हो । यसमा ५ वर्षका एक बच्चा घाइते अवस्थामा एम्बुलेन्सभित्र कुर्सीमा बसेका छन् । हमला पछि यी बालकको आमा–बुवाको केही अत्तोपत्तो छैन ।

बालक ओमरान दाकनीशको अनुहार रगताम्मे छ । उनी माटोेले ढाकिएका थिए । बच्चाको भावले घटनाको वर्णन गरिरहेको छ ।

यी बालकको फोटो र भिडियो संसारभरी भाइरल भइरहेको छ । फुटेजमा बच्चामा आफ्नो टाउकोमा भएको धुलो हटाउन खोजेको देख्न सकिन्छ । तर उनलाई आफ्नो निधारबाट रगत निस्किरहेको थाहा हुन्छ र हातमा लागेको रगतलाई टेबलमा पुछेका छन् ।

डेली मेल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर