Aamsanchar

हराएको १२ दिनमा झापा चारपानेका दिगान थापामगर अचेत अवस्थामा फेलापरे

Author Image
बिहिवार, भदौ २, २०७३

विनोद पाण्डे/सुरेन्द्र भण्डारी

चारपाने, भदौ २ । हराएको १२ दिनपछि बिर्तामोड नगरपालिका– २ चारपानेका ३२ वर्षीय दिकान थापा मगर सतासीधाम परिसरमा अचेत अबस्थामा भेटिएका छन् ।
सतासीधामको झरना भन्दा केही तल ढुङ्गाको चेपमा उनी अचेत अवस्थामा फेला परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय झिलझिले प्रहरीको टोली र स्थानीयवासीले ढुङ्गाको चेपमा अचेत अवस्थामा भेटिएका थिए । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी हवल्दार नेत्रवहादुर कार्की सहितको टोलीले बिहीवार साँझ ५ः३० बजे फेला परेको थियो । अचेत अवस्थामा भेटिएका थापा मगरलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित वी एण्डसी हस्पिटल ल्याएको थियो । हस्पिटलमा ल्याएको खवर पाउनासाथ चारपानेका स्थानीयवासी उनलाई भेट्न हस्पिटल परिसरमा एकाएक भरिएका थिए । 
थापा मगरको अहिले इमरजेन्सी कक्षमा राखेर उपचार भइरहेको छ । उनको ढाड, कान, अनुहार हात र खुट्टामा चोट लागेको छ भने हातको कुहिनोमा घाउ भएर किरा परेको छ । त्यस्तै शरीरका विभिन्न भागमा डावरै डावर छ ।

1

अस्पतालमा श्रीमान ल्याएको खवर पाउनसाथ श्रीमान भेट्न आइपुगेकी अनुराधा थापाले श्रीमानलाई देखेपछि आँशु रोक्नै सकिनन् । उनले श्रीमानलाई हेर्दै भनिन्– भगवान हुँदा रहेछन् भन्ने आज थाहा पाँए । उनले अगाडि थपिनन्–उहाँ भन्ने गर्नुहन्थ्यो इश्वरीय शक्ति हुन्छ भनेर हो रहेछ, यि हेर्नुहोस् त हराएको १२ दिन पछि भएपनि आखिर उहाँ भेटिनु भयो नि भगवानकै कृपाले त हो नि ।

थापा मगरका  पिता मधुकर थापामगर छोरो भेटिएकोमा खुशी र हर्सले बोल्नै नसक्ने अवस्थामा हस्पिटलमा भक्नीदै भने मेरो छोरा खोज्न सहयोग गर्नुहुने चारपानेवासी, सञ्चारकर्मी, प्रहरी, सतासीका स्थानियवासी र मानव अधिकार कर्मीहरुलाई धन्यवाद भन्दै खुशीका आशु बरर झार्दे भगवान लाईपनी पुकार गरे । 

2

थापामगर गत साउन २३ गते आइतवार राति ११ः३० बजेदेखि एकाएक बेपत्ता बनेका थिए । उनी वोलवम जान भनि घरवाट हिडेका थिए । सतासीधाम जान भनी उनी घरबाट मोटरसाइकलमा गएका थिए । उनीसँग बिर्तामोडका मिलन गुरुङ पनिसंगै गएका थिए । थापा मगर हराएपछि प्रहरीले गुरुङलाई प्रहरीको नियन्त्रणमा लिएको थियो । उनलाई सोमवारदेखि झिलझिले प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको थियो ।

 

3

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर