Aamsanchar

तपाइ ठगिनु त भएन ? सिन्धुलीको छोटो बाटोको भाडा यस्तो छ

Author Image
शुक्रवार, भदौ ३, २०७३
झापा ।
यातायात व्यवस्था  विभागले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने  यात्रुवाहक सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ।
साउन २१ गतेको निर्णय अनुसार काठमाडौं– बनेपा– सिन्धुली बर्दिबास हुँदै  पूर्व नेपालको विभिन्न स्थानमा चल्ने सवारी साधनमा दुरी अनुसारको भाडादर कायम गरिएको विभागका प्रवक्ता बसन्त अधिकारीले बताए।
सोही सूचनालाई आधार मानेर यात्रुसँग रकम लिन सावारी संचालन व्यवसायी तथा चालक सह–चालकलाई विभागले आग्रह गरेको छ। यदि विभागले लागू गरेको भन्दा बढी भाडा लिएको फेला परेमा सवारी ऐन २०४९ अनुसार कारबाही हुने समेत अधिकारीले बताए।
डिलक्स सुविधा भएमा उल्लेखित भाडादरमा २० प्रतिशत बढी भाडा लिन पाउने तर बाटो इजाजत विना बारम्बार पटके इजाजत लिई सवारी सञ्चालन गर्न नपाउने विभागले जनाएको छ।
 ९ प्लस १ सिट क्षमताका जीप प्रकृतिका सवारीसाधनहरुले बाटो इजाजत लिई २ सय ५० किलोमिटरसम्म मात्र सञ्चालन गर्न पाउने छन्।
विभागले शैक्षिक भम्रण, सांस्कृतिक कार्यक्रम, शोध एवं विकास कार्यक्रम, विवाह–ब्रतबन्ध, विरामी, शव ओसारपसार लगायतका आपतकालीन सेवाको लागि भने  पटके इजाजत लिन सकिने जनाएको छ।
नयाँ कायम भएको भाडादर यस्तो छ
bhada
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर