Aamsanchar

‘व्यवसायीसंग मेरो भूमिका अभिभावकको रहन्छ’

Author Image
बुधवार, भदौ ८, २०७३

 

Balram karki

बलराम कार्की
अध्यक्ष
बिर्तामोड उद्योग वाणिज्य संघ तदर्थ समिति
बिर्तामोड , झापा

भर्खरै साधारणसभा सम्पन्न गर्नुभयो, खास के म्यान्डेट दिएको छ साधारणसभाले ?
– पहिलो कुरा त विधान दर्ता नै हो । विधान दर्ता गरेपछि व्यापारी व्यवसायीका हकहितमा लाग्ने कुरा संघको काम नै हो । कसरी व्यापार व्यवसायलाई बढावा दिन सकिन्छ, के गर्दा व्यापारी सुरक्षित हुन्छन्, लगानी गर्ने वातावरण कसरी तयार गर्न सकिन्छ आदि विषयमा संघ सदैव सचेत छ । भर्खरै संघको सम्पन्न साधारणसभाले नयाा नेतृत्व चयन गरेको छ । त्यसको नेतृत्व म आफैंले गरेको हुादा यसलाई कसरी अगाडि बढाएर लाने भन्ने विषय प्रमुख छ । विधान जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएर हामी अगाडि बढ्छौं ।
त्यसो भए नयाँ नेतृत्वका लागि कहिले होला निर्वाचन ?
– विधान बनाएको छ महिनाभित्र निर्वाचन हुन्छ । संघकै पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको संयोजकत्वमा विधान समिति बनाइएको छ । एक महिनाभित्रमा विधान तयार हुन्छ । विधान तयार भएलगत्तै हामी निर्वाचन प्रक्रियामा जान्छौं । यसमा कसैले शंका नगरे हुन्छ । कुनै कारणले रोकिनु पर्छ भन्ने छैन । अबको सात महिनामा बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन हुन्छ र संघले नयाा नेतृत्व पाउाछ । हामी अहिले विधान बनाउने प्रक्रियामा नै छौं । विधान बनाउन पनि त्यत्रो लामो समय नलाग्ने हुनाले सात महिनामा निर्वाचन हुन्छ नै ।
सर्वसम्मत नेतृत्व चयनका लागि सम्भावना पनि छ ?
– बिर्तामोडलाई सबैलाई अपनत्व हुनेगरी एक पटकलाई सर्वसम्वत नयाा नेतृत्व चयनको खााचो छ । मैले यो कुरा राजनीतिक तवरले भनि राखेको छैन । उद्योग वाणिज्य संघ भनेको विशुद्ध व्यापारी व्यवसायीको छाता संगठन हो । यसमा राजनीति घुस्नु हुादैन । सबै व्यवसायीको मनोभावना अनुसार नयाा कार्यसमिति आउनु पर्छ । किनकी यसलाई महासंघमा दर्ता गराउनुछ । यसअघि यो वाणिज्य संघ जिल्लामा उत्कृष्ट भयो । अब यसलाई नेपालकै उत्कृष्ट वाणिज्य संघ बनाएर लानुपर्छ भन्ने चाहना हामी उद्योगी व्यवसायीले नै लिनुपर्छ । सर्वसम्मत नेतृत्व चयनका लागि म आजैबाट अपिल गर्छु कि यो वाणिज्य संघलाई देशकै उत्कृष्ट नगरपालिका बनाउन तपाई हामी लागीपरौं । हामीले चाहे नसकिने भन्ने केही छैन । यसअघि दुई पटक जिल्लामा उत्कृष्ट वाणिज्य संघ भएको तपाई हामी सबैलाई थाहा छ । त्यो कुरा मैले भनिरहनु पर्दैन । अझै पनि केही बिग्रिएको छैन । संघलाई चलायमान बनाउन सबैको अपनत्व हुनेगरी अगाडि बढाएर लैजाऔं । संघको नेतृत्वलाई एक पटकलाई भएपनि सर्वसम्मत गरेर जाऔं र नेपालकै उत्कृष्ट संघको रुपमा बिर्तामोड उद्योग वाणिज्य संघलाई चिनाऔं ।
तपाई संघको लगातार नेतृत्वमा हुनुहुन्छ । अब के गर्ने विचार छ ?
– मेरो भूमिका संयोजकको नाताले अभिभावक नै रहन्छ । सबैलाई मिलाएर जानु मेरो प्रमुख दायित्व पनि हो । कोहीपनि जाति र पार्टीको नाममा संघमा आउन पाउादैन । व्यवसायीको हकहितमा काम गर्ने कुरामा कसरी काम गर्दा व्यवसायीलाई फाइदा हुन्छ म त्यतैतिर मात्रै सोच्छु । म सामाजिक काम गर्ने विचारमा पनि छु । वास्तवमै यहााका व्यापारी व्यवसायीले दिएको सुझाव सल्लाह बमोजिम नै म अगाडि बढ्छु । समय अझै धेरै छ । यो समयमा म व्यापारी व्यवसायी माझ मा नै हुन्छु । उहााहरुले अझै पनि संघलाई बलराम कार्कीको आवश्यकता छ भनेर मनन् गरिदिनुभयो भने त म के नै भन्न सक्छु र तसर्थ पहिलो जिम्मेवारी मेरो भन्दा पनि यहााको व्यवसायीको हो ।
वाणिज्य संघले गर्नुपर्ने कामहरु कस्ता छन् ?
– हिजोको दिनमा संघले के काम गरेको थियो र हामीले के काम गरेर आइरहेका छौं त्यो तपाईहरु सबैलाई थाहै छ । अझै धेरै काम गर्न बााकी छ हामीले । हाम्रो प्रमुख काम भनेको संघलाई जिल्ला प्रशासनमा दर्ता गरेर ल्याउनु र व्यापारी व्यवसायीको हकहितमा काम गर्नु नै हो । राज्यले चेकजााचका नाममा व्यवसायीलाई जुन रुपमा दु:ख दिएको छ त्यसलाई हामीले चिर्नै पर्छ । कााकरभिट्टाबाट भन्सार गरेर ल्याएको सामान बिर्तामोड आईपुग्दा पटक–पटक चेक हुन्छ । राज्यको एउटा निकायले गरेको काम अर्काे निकायलाई विश्वास लाग्दैन र बीच बाटोमा व्यवसायीलाई अनाहकमा दु:ख दिने परिपार्टीको अन्त्य गर्नुपर्छ । प्रहरी प्रशासनलाई भन्सारले चेकजााच गरेर छाडेको सामान चेक गर्ने अधिकार कस्ले दियो ? किन दिनहुा चेकजााचको नाममा व्यवसायी साथीहरुमाथि अभद्र व्यवहार गरिन्छ ? यो कुराको चाही अन्त्य हुनुपर्छ । व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण चोरको जस्तो भएकाले यस्तो दृष्टिकोण परिर्वतन गर्नुपर्छ । व्यवसायी भनेका स्वच्छ रुपमा कर तिरेर व्यापार व्यवसाय सञ्चालन गर्ने इमान्दार नागरिक भएकाले उनीहरुको सम्मान गर्न राज्यले जान्नुपर्छ भन्ने पक्षमा म छु र मेरो संघ लागेको छ ।
सामाजिक क्षेत्रको कुरा गर्नुहुन्छ भने हामीले यस अघिपनि धेरै राम्रा काम गरिसकेका छौं । बिर्तामोडमा एउटा पनि सार्वजनिक शौचालय नभएको अवस्थामा हामीले घुम्ती शौचालय ल्याएर भएपनि केही हदसम्म समस्याको समाधानका लागि नगरपालिकालाई सघाएका छौं । बिर्तामोडलाई हाम्रो बिर्तामोड र राम्रो बिर्तामोड होस् भन्ने अति पवित्र उद्देश्य राखेर हामीले यहाा वृक्षरोपणको काम अघि बढायौं । फोहोर नियन्त्रणका लागि पहल गर्‍यांै तर उपयुक्त डम्पिङ साइडको अभावले त्यो काम चाही पूरा हुनसकेको छैन । बिर्तामोडलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्‍यौं । विभिन्न समयमा भएका प्राकृतिक प्रकोप, विपत्तीमा पनि हामीले सहयोग गरेकै छौं । वाणिज्य संघ विशुद्ध सामाजिक संस्था भएकाले यो जाति पार्टीभन्दा धेरै माथि छ । यहाा व्यवसायीका कुरा हुन्छन् । व्यवसायीको कसरी उन्नती प्रगति हुन्छ । हामीले त्यसतर्फ सोच्नु पर्छ । संघमा जो पनि आउन सक्छ ।
यो मन्दिरमा राखिएको घण्टाजस्तै हो । जसरी मन्दिरमा राखिएको घण्टा जोसुकै आएर पनि बजाउन सक्छ, त्यसैगरी यहाा आउने साथीहरु पनि त्यस्तै पवित्र मन लिएर आउनुहोस् । यहाा आउादा कुनै जाति पार्टीको खोल ओडेर आउनुभएको छ भने त्यसलाई परै राख्नुहोस् । यो ठाउा भनेको राजनीतिक गर्ने थलो होइन । यहाा आउादा राजनीतिका नाममा लगाइएका जुत्ता–चप्पल बाहिरै खोलेर आउने ठाउा हो । तपाई हामी सबै मिलेर अझै नयाा–नयाा काम गरौं । हिजो सडक बत्ती बाल्ने कुरामा हामीले सहयोग गरेका छौं । सडक बत्ती बल्नु आफैंमा राम्रो कुरा हो । यस्तै रचनात्मक काममा हामी लागौं जसका कारण हामी व्यवसायीलाई पनि फाइदा पुगोस् र यहााका आम नागरिकलाई पनि फाइदा पुगोस् ।
निक्कै कठिन परिस्थितिलाई सहजतामा बदलेर वाणिज्य संघ अघि बढेको छ । यो परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नु्हुन्छ ?
– यो कठिन परिस्थितिमा पनि हामी विचलित नभईकन अघि बढिरह्यौं । संघका पदाधिकारीको दृढ संकल्प, यहााका व्यापारी व्यवसायीको माया स्नेह, स्थानीयबासीको साथ सहयोग, सञ्चारकर्मी, नागरिक समाज, अधिकारकर्मी सबैको साथ हामीले पायौं । जहाा कठिन परिस्थितिको सामना गरिदैन त्यहाा अवश्य नै सहजता आउादैन । हो, हामीले परिस्थिति असहज भएका बेला पनि निरन्तर काम गरिरह्यौ । यहााका आम व्यवसायी र तपाईहरुले पनि देखिरहनु भएको छ । देखिएको चुनौतिलाई मैले अवसरका रुपमा लिएर अगाडि बढें । जहाा समस्या त्यहाा चुनौति थियौ नै तरपनि काम गर्दै जाादा आएको कठिन परिस्थितिलाई हल गरेर अगाडि बढी नै रह्यौं । पक्कै पनि यसले सबैलाई राम्रै गर्छ । हिजो चन्दा चिठ्ठाको ठूलो समस्या थियो । त्यसले पनि व्यवसायीलाई नपिरोलेको होइन । तर आज बिस्तारै सबैकुरा सहज हुादै गएको छ । व्यवसायी अहिले चारैतिरबाट घेरामा परेका छन् । यस्तो अवस्थामा कसरी व्यवसायीलाई सुरक्षित गरेर लगानीमैत्री वातावरणको विकास गर्दै आफूपनि बाच्ने र अरुलाई बचाउादै कसरी धेरैभन्दा धेरै राज्यलाई कर तिर्न सकिन्छ भन्ने सोचमा व्यवसायी छन् । यस्तो अवस्थामा सरकारले पनि व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर