Aamsanchar

कीर्तिनिधि विष्टबाट नइलाई १९ लाख रुपियाँ प्रदान

Author Image
सोमवार, भदौ १३, २०७३

kriti

काठमाडौं ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोष स्थापनार्थ आज दस लाख रुपियाँ प्रदान गर्नु भयो । यसअघि उहाँले नइ प्रकाशनलाई सोही प्रयोजनका लागि नौ लाख रुपियाँ प्रदान गर्नु भएको थियो । उहाँ हाल नब्बे वर्षको हुनुहुन्छ ।

नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टका बुबाआमा चन्द्रनिधि विष्ट र धनकुमारी विष्टका नाउँमा हरेक वर्ष एक लाख रूपियाँ राशिको “नइ चन्द्रधन पुरस्कार” प्रदान गर्ने भएको छ । यस भन्दाअघि यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको थियो । दस वर्षअघि स्थापना गरिएको यो पुरस्कार लक्षित व्यक्तित्वहरुमा समर्पण गरि‌दै आएको छ ।

सनातन हिन्दू धर्ममा समर्पित एक जना विशिष्ट व्यक्तित्व वा हिन्दू धर्मसंस्कृति प्रवर्द्धनहेतू लेखिएको उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।

नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टको सम्मानमा “नइ कीर्तिनिधि पुरस्कार” सात वर्षअघिदेखि प्रदान गर्दै अएको छ । पचास हजार रूपियाँ राशिको सो पुरस्कार हरेक वर्ष बिराएर एक जना देशभक्त चिन्तकलाई प्रदान गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर