Aamsanchar

हे ईश्वर ! मलाई अझ दु:ख दे

Author Image
बुधवार, भदौ १५, २०७३

santiram
[शान्तिराम बस्नेत]

शिवसताक्षी ।
‘दु:खीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर ! दया राखी अझ मलाई दु:ख दे’ नाटककार बालकृष्ण समको मुकुन्द इन्दिरा नामक नाटकबाट लिइएको शब्द शिवसताक्षी–८ की गीता तिम्सिनालाई मिल्न गएको छ ।
शिवसताक्षी क्षेत्रकै सुगम मानिने दूधेबजारदेखि ५० मिटर दक्षिण झरेपछि सतासी प्राथमिक विद्यालय रहेको छ । त्यसको दक्षिणबाट पूर्वतिर लाग्ने बाटोकै पहिलो काठको घरमा गीतालाई डाक्टरहरुले उपचार असम्भव भनेपछि विगत दुई दशकदेखि घरमै थलिएर बसेकी छिन् ।
हो, त्यही घरमा दुई दशक अघिदेखि गीता तिम्सिना आफ्नो १७ वर्षे बैंशालु उमेरदेखि २० वर्षसम्म अर्थात आफ्नो ३७औं जीवनसम्म घरमै थलिएकी छिन् ।
गीता विगत सम्झिदै भन्छिन्– ‘कक्षा ७ मा पढ्दापढ्दै अलिअलि हाडखुट्टाका जोर्नीहरु दुख्न थाले । शुरुमा वास्ता गरिन, पछि जोर्नीहरु साह्रो दुख्न थाले । डाक्टरहरुले चेकजााच गर्दा रगतमा  ओस्टीओ आरथ्राइस (जोर्नी खिइने बाथ) भएको पुष्टि भयो ।’
त्यसपछि उनलाई उपचारका निम्ति बाबुआमा हुञ्जेलसम्म घरमा भएको रुपैयाा र छरछिमेक, आफन्तसाग ऋण काडेर भएपनि औषधि उपचारका निम्ति काठमाडौं हुादैं भारतको सिलगुढी र कलकत्तासम्म पुर्‍याए । तर डाक्टरहरुले उपचार सम्भव नहुने भनेपनि उनको चााडै निको भई विद्यालयमा पढ्ने चाहना वालुवामा घर बनाए सरह भयो । फेरि कसैले योगा गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिए त्यो कुरापनि मान्दै उनी योगाको निम्ति रामदेवको आश्रमसम्म गएर औषधि उपचार गरिन् । तर त्यो औषधि र उपचारले पनि काम गरेन ।
आनन्दले जीवन जीउने रहर कसलाई हुादैन र ? तर रहर मात्र भएर के गर्नु ? जब मानिसलाई नियतिले नै ठग्न थाल्छ तब उसका आशाहरु निराशामा परिणत हुन्छन् भने झैं उनलाई अझ ठूलो बज्रपात पर्‍यो । आफूले आफ्ना बाबुआमालाई स्याहारसुसार गर्नुपर्ने सट्टामा आफैंलाई स्याहारसुसार गर्ने बाबुआमाकै निधन भएपछि उनलाई उपचारमा झन समस्या भयो ।
गीता भन्छिन्– ‘शुरुमा खर्चको अभावमा चााडै उपचार भएन, त्यति खेरै बाबुआमा दुबै बिरामी । सायद मेरो भाग्यमा नै यस्तै लेखेको होला ।’ भगीरथ तिम्सिना र पार्वता तिम्सिना (दुबै स्वर्गीय)–की नौ दिदीबहिनीमध्ये कान्छी हुन् उनी । उनका एकजना दाजु पनि छन् । दाजुले आक्कलझुक्कल हेर्न आउने बताउने गीता भन्छिन्– ‘तीज आउन लागेको छ, माइतीले सम्झेलान कि यो पटक चाहिं ।’
गीता भन्छिन्– ‘विश्वमा डरलाग्दा रोगहरु त डाक्टरहरुले ठीक पारिसके । आजको समय असम्भव भन्ने छैन, यो रोग पनि निको हुन्छ । तर के गर्नु उपचारका निम्ति पैसा नै छैन ।’ गीतालाई हिंडडुलका निम्ति पनि अरुकै सहारा लिनुपर्छ । तर, उनका दिदीहरु घर नजिकै भएका कारण अहिले भने सहज भएको उनी बताउाछिन् ।
गीताकी दिदीका छोरा सरोज घिमिरे भन्छन्– ‘आन्टी जोर्नी दुखेर सहन सक्नुहुन्न, त्यसका लागि दुखाई कम गर्ने औषधि दिनुपरेको छ । त्यो पनि नेपालमा प्रतिबन्धित औषधि हो । त्यसकै भरमा आन्टीलाई सहज भइरहेको छ ।’ सरोज भन्छन्– ‘आन्टीको यो अवस्था देख्दा मनले मान्दैन । औषधि उपचार गर्न लैजाऔं त खर्च कै अभाव छ । अर्कोतिर डाक्टरले निको हुादैन भन्छन् । स्वदेश तथा विदेशका धनबीर र मनबीरहरु जुटे कसो उपचार सम्भव नहोला ?’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)