Aamsanchar

झापामा पूर्वी गर्जन पत्रिकाको विमोचन, पत्रकार ढकाल सम्मानित 

Author Image
बिहिवार, मंसिर २८, २०८०

बिर्तामोड । पूर्वी गर्जन मिडिया प्रा।लि। द्वारा प्रकाशित पूर्वी जर्गन मासिक पत्रिका आजबाट प्रकाशनमा आएको छ । आज झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिकाको विमोचन भएको हो ।

राजनीति विषय बस्तुलाई प्राथमिकता दिएर प्रकाशन सुरु भएको पूर्वी जर्गन पत्रिकाको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस चौतारी कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने, नेकपा माओवादी झापा इन्चार्ज अग्नि आचार्यलगायतले विमोचन गरेका थिए ।

पूर्वमा विप्लवको गर्जन, जनयुद्धलाई अपराधिकरण गर्न खोजे अर्को जनयुद्ध हुन्छ भन्ने शीर्षक रहेको आवरण पृष्ठ रहेको पत्रिकाको पहिलो अङ्कमा हामी धेरैपछि आयौं, नेपाली समाज र सी जातिको बहस, सङ्घर्षको यात्रा, माओवादीहरूको आन्दोलन, समस्या, समाजवादी दिशामा एकीकृत, स्वतन्त्रताको मूर्ति, इजरायल–प्यालेस्टाइन युद्धको, इलाम कम्युनिस्ट पार्टीको इतिहास, क्रान्तिको योद्धा लगायतका विषयहरू समेटिएको छ ।
सुमनसिंह निर्देशक, प्रकाश डुम्रे प्रधान सम्पादक, प्रविण अधिकारी सम्पादक, सञ्जय सी प्रबन्ध सम्पादक, हुकुम सी व्यवस्थापक रहेका छन् । 

पत्रिका विमोचन कार्यक्रममा    प्रमुख अतिथि अनिल विरही सी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष मोहनकाजी न्यौपाने, प्रदेश सदस्य लिलाराज झापाली, नेकपा माओवादी झापाका इन्चार्ज राजु आचार्य ९अग्नी० लगायतले शुभकामना मन्तव्य रहेका थिए । 

कार्यक्रम पत्रकार पुरस्कार कोष पनि स्थापना गरिएको छ । हाल २ लाख रुपैयाँबाट कोष स्थापना गरिएको र हरेक वर्ष १ लाख रुपैयाँ कोषमा थप्दै लाने प्रशान्त सीले जानकारी गराएका थिए ।
हरेक वर्ष एकजना पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने लक्ष्य रहेको कोषबाट यस वर्ष बाटै पत्रकार सम्मान गर्ने कार्यको थालनी भएको छ । यस वर्षको उत्कृष्ट पत्रकार घोषणा गर्दै पूर्वाञ्चल दैनिकका समाचार संयोजक तथा आमसंचार डटकमका सम्पादक नरेन्द्र ढकालाई नगद १० हजार राशि पुरस्कार सहित सम्मान गरिएको छ ।

कार्यक्रममा स्वागत विनोद सीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पूर्वी गर्जनका सम्पादक प्रविण अधिकारीले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 401

प्रतिक्रिया (०)