Aamsanchar

आज बिर्तामोडमा भुवन केसी,सोनाक्षीको अकिरा धमाका

Author Image
शुक्रवार, भदौ १७, २०७३

sinaxii
बिर्तामोड ।
झापाको बिर्तामोड–१मा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त सिनेमा हल भदौ १७ गते शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।

नेपाली चलचित्रका चर्चित नायक भुवन केसीको उपस्थितिमा हुने हल उद्घाटनकै दिनबाट बलिउडकी चर्चित नायिक सोनाक्षि सिन्हाको चलचित्र अकिरा प्रदर्शन हुने बताइएको छ ।

करोड रुपैयााको लागतमा निर्मित पाथीभरा सिने प्लाजाको सिनेमा हलको मात्र लागत ५ करोड रुपैयाा भन्दा बढी रहेको भगवती आवास कम्पनीका अध्यक्ष युवराज प्रसाईले जानकारी दिए । उक्त कम्पनीले सो प्लाजा बनाएको हो ।
कम्पनीका सञ्चालक एकराज उप्रेतीका अनुसार उक्त सिनेमा हल मध्ये एउटा २ सय ५२ जना र अर्को १ सय ८० जना सिट क्षमताको छ । क्याविनमा ३० वटा सिट रहेको छ । पूर्णरुपमा एसी जडान गरिएको सिनेमा हलमा आधुनिक टू.के. प्रविधिको प्रोजेक्टर, डल्वी सराउण्ड साउण्ड सिष्टम पुस व्याक, आरामदायी सिट रहेको प्लाजाका सञ्चालक इञ्जिनियर अनुज पराजुलीले बताए ।
अमेरिका र जापानबाट झिकाइएको प्रविधिबाट निर्मित सिनेमा हल युरेपियन मापदण्डको रहेको बताइएको छ । सो प्लाजामा सीसी क्यामेरासहित पूर्णरुपमा सुरक्षा प्रबन्ध गरिएको जनाइएको छ ।

चलचित्र हेर्न जानेले खानेकुरा लगायतका सामग्री हलभित्र लैजान नपाउने व्यवस्था मिलाइएको छ । सुरक्षा र सरसफाईका दृष्टिकोणले त्यसो गरिएको अध्यक्ष प्रसाईले बताए । त्यहाा जानेहरुका लागि इच्छा अनुसारको खानेकुरा उपलब्ध गराउन प्लाजाभित्रै ‘फुडकोट’ को व्यवस्थापन गरिएको छ । तत्काललाई सिनेमा हल र फुडकोट मात्र सञ्चालनमा आए पनि वर्षदिनभित्रै सपिङ कम्प्लेक्स पूर्णरुपमा सञ्चालन आउने सो अवसरमा जानकारी दिइयो ।

sine plajaa


पार्किङसहितको सपिङ कम्प्लेक्समा बालबालिकाका लागि खेल्ने छुट्टै व्यवस्था समेत गरिने बताइएको छ । अध्यक्ष प्रसाईले भने– ‘यो सिनेमा हल मुलुककै सुविधासम्पन्न र ए ग्रेडको हुनेछ ।’ प्रत्येक शनिबार बिहान विद्यार्थीका लागि ३० प्रतिशत छुटमा चलचित्र देखाइने जनाइएको छ ।
चलचित्र हेर्नका लागि टिकट दर ३ सय रुपैयाा तोकिएको छ । बिर्तामोडको अतिथि सदनबाट उत्तर तथा अग्रसेन भवनको पश्चिम, पाथीभरा मन्दिर नजिकै भगवती आवास क्षेत्रमा उक्त प्लाजा रहेको छ ।
पाथीभरा सिने प्लाजा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सिनेमा हलसहितको प्लाजामा सपिङ कम्प्लेक्स, पार्टी प्यालेस, लज र रेष्टुरेण्ट समेत रहने अध्यक्ष प्रसाईले बताए । प्लाजासागै चारतले अर्को भवन निर्माण भइरहेको छ, जसमा रेष्टुरेण्ट, होटल र आधुनिक पार्टी प्यालेस निर्माण हुने बताइएको छ । पाथीभरा सिने प्लाजालाई सुरक्षित गन्तव्य बनाउन अग्नि नियन्त्रक प्रविधि, सुरक्षा लगायतको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)