Aamsanchar

गर्भवती करिनाले रोल पाउन्जेल काम गर्ने

Author Image
सोमवार, भदौ २०, २०७३

एजेन्सीः

kareena-kapoor1

बलिउड अभिनेत्री करिना कपुर गर्भवती छन् । गर्भवती अवस्थामा पनि उनी आफ्नो काममा व्यस्त छिन् । मुम्बईमा आयोजित एक कार्यक्रममा क्रममा उनले आफू कामकाजी महिला भएको र रोल मिलेसम्म काम गर्ने बताएकी छन् ।

गर्भवती भएका बेलामा आरामको आवश्यकता पर्दैन भन्ने प्रश्नमा उनले भनिन–’तपाईंलाई कसरी थाहा भयो मैले आराम गरेको छैन भनेर । म दिनमा काम गर्छु र रातमा आराम गर्छु । मलाई कुनै समस्या छैन ।’

करिनाले कामका लागि कसैले रोल लिएर आए काम गर्ने बताउँदै गर्भवती भएका कारणले आफ्नो काममा कुनै असर नपर्ने पनि बताइन् ।

उनले यो अवस्थामा आनन्द लिइरहेको बताउँदै कुनै कुराले पनि आफूलाई दबाब महसुस नभएको प्रष्ट्याएकी छन् ।

उनले भनिन्–’मैले इन्जोय गरिरहेकी छु । म पहिलाभन्दा पनि राम्री देखिएकी छु । मानिसहरुले मेरो अनुहारमा चमक आएको बताउने गरेका छन् । मेरो कपाल पनि अहिले सबैभन्दा राम्रो छ । त्यसैले मलाई धेरै मज्जा आइरहेको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर