Aamsanchar

बलिउड अभिनेता शत्रुधन सिन्हा काठमाडौंमा

Author Image
बुधवार, भदौ २२, २०७३

काठमाडौं,

Shatrughan-sinha-57cea9c578acc5.81964772

बलिउड अभिनेता सांसद शत्रुधन सिन्हा नेपाल आइपुगेका छन्।

बुधवारदेखि काठमाडौंमा सुरु हुने एलजी फिल्म अवार्डमा सहभागी हुन भारतीय अभिनेता सिन्हा मंगलबार साँझ काठमाडौं आइपुगेका हुन्। अभिनेता सिन्हा भारतीय जनता पार्टीका सांसदसमेत हुन्।

अभिनेता सिन्हा सिनेमा वर्कसले आयोजना गरेको एलजी अवार्डमा सहभागी हुन नेपाल आएका हुन्।

१८ वटा विधामा प्रदान गरिने ‘एलजी फिल्म अवार्ड’ मा उत्कृष्ठ नायिकाको विधामा ‘वडा नं ६’ बाट प्रियंका कार्की, ‘क्लासिक’वाट नम्रता श्रेष्ठ, ‘भाग सानी भाग’बाट केकी अधिकारी, ‘प्रेमगीत’बाट पूजा शर्मा र ‘ड्रिम्स’बाट साम्राज्ञी राज्यलक्ष्मी शाह परेका छन्।

उत्कृष्ट निर्देशकको विधामा ‘पशुपति प्रसाद’बाट दिपेन्द्र के खनाल, ‘क्लासिक’बाट दिनेश राउत, ‘कबड्डी कबड्डी’वाट रामबाबु गुरुङ, ‘प्रेमगीत’बाट सुदर्शन थापा र ‘ड्रिम्स’बाट भुवन केसी छन्। सर्वोत्कृष्ट फिल्मको सूचीमा पनि पशुपति प्रसाद, कबड्डी कबड्डी, ड्रिम्स, प्रेमगीत र क्लासिक परेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर