Aamsanchar

सारक्षरता दिवसमा विभिन्न कार्यक्रम

Author Image
शुक्रवार, भदौ २४, २०७३

 

झापा ।unnamed

शनिश्चरे माविमा २०४९ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको सञ्जाल “शनिश्चरे–०४९” को अभियान अन्तर्गत बिहिबार विश्व साक्षरता दिवस तथा ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शनिश्चरे मा. वि.मा रक्तदान तथा बतृत्वकला एवम् विविध साँस्कृतिक कार्यक्रम शनिश्चरे०४९ तथा शनिश्चरे माविको संयुक्त रुपमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग तथा शनिश्चरे माविका प्रध्यानाध्यापक भैरवप्रसाद पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा शनिश्चरे ०४९ का अध्यक्ष रोहितकुमार भट्टराई, रक्तदान कार्यक्रमका संयोजक रमेश प्रसाई, शनिश्चरे ०४९ का सल्लाहकार संचार उद्यमी राजेन्द्र चौलागाई, ढाँचाराज कडरिया, विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षक पुण्यप्रसाद सुवेदी लगायतले मन्तब्य राखेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक जगन्नाथ सिलवालले गरेका थिए भने स्वागत विद्यालयका सहायक प्रध्यानाध्यापक कृष्ण पौडेलले गरेका थिए ।

बक्तृत्वकला तथा साँस्कृतिक कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । वद्यार्थीहरुबाट प्रस्तुत गरिएको विभिन्न चित्रकलाहरु समेत देखाइएको थियो । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका ओमप्रकाश लुइटेलले ५६ औं पटक रक्तदान गरेको कार्यक्रममा ४० बढीले रक्तदान गरेका थिए । unnamed (1)

शनिश्चरे माविमा अध्ययन गर्ने पूर्व विद्यार्थीहरु मध्ये पनि सक्रिय रहेको यो २०४९ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको सञ्जाल सामाजिक क्षेत्रमा विभिन्न सकारात्मक तथा रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । स्वदेश तथा विदेशमा रहेका आफ्ना सवै मित्रहरुबाट भएको साथ सहयोगले नै आज केही गर्ने हौसला मिलेको र आगामी दिनमा सवैको अझ बढी सहयोग हुने र राम्रा राम्रा कामहरुलाई क्रमश गर्दै लाने इच्छा रहेको ०४९ का अध्यक्ष रोहितकुमार भट्टराईले बताएका छन । २०४९ सालमा लगभग चार सयको हाराहारीमा अध्ययन गर्ने विद्यार्थीहरु एक सय जना जति सञ्जालको सम्पर्कमा आइसकेको र यस पालिको दशैमा घर आएका अवस्थामा समेटिन बाकी रहेका अन्य साथीहरुलाई समेत समेटी आगामी दिनमा यो सञ्जाललाई अझ बढी बिस्तार गरिने र सवैको उपस्थितिमा ठोस योजना सहित आगामी दिनमा उदाहरणीय कार्य गर्ने बताउछन रक्तदान कार्यक्रमका संयोजक समेत रहेका सञ्जालका कोषाध्यक्ष रमेश प्रसाई बताउछन ।
२४ बर्ष पछि साथीहरुको पुनर्मिलन गराउने काम अत्यन्त राम्रो र सराहनीय भएको भन्दै यस सञ्जालको बिस्तारका लागि आफु सधै लागिरहने बताउछिन सञ्जालकी काठमाण्डौं सम्पर्क समितिकी संयोजक बिमला कठेत कार्कीले भनिन्। उनकै पहलमा काठमाण्डौमा पनि ३० जनाको हाराहरीमा सञ्जाल विस्तार भैसकेको छ । सञ्जालमा समेटिएका सवैको पहलमा यसभन्दा अगाडि पनि आफुले अध्ययन गरेको विद्यालयमा हाल अध्ययनरत विद्यार्थीलाई आधुनिक शिक्षा प्राविधियुक्त होस् भन्ने उद्देश्यले ४२ इन्चको एक थान एलइडी समेत प्रदान गरेसकेको छ भने सञ्जालका विचमा धेरै कार्यक्रमहरु सम्पन्न भैसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर