Aamsanchar

जिप दुर्घटना तीनको मृत्यु

Author Image
शनिवार, भदौ २५, २०७३

कुश्माः

download

उत्तरी पर्वतको धाइरिङ्ग गाविस वडा ३ किराखोरमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ्ग गाविस स्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी ज्यामरुकोट ३ की ५० बर्षीया राममाया दमाईको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, कास्की रिभान ९ बस्ने ६० बर्षीया डिलकुमारी बुढाथोकी र पर्वत धाईरिङ्ग ८ बस्ने वर्ष ६० की हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यू भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुने रिभान ९ की १४ वर्षीया अमृता पुन, रिभान ९ कै २१ वर्षीया लुकमाया बुढाथोकी, ४ बर्षीय निरज बुढाथोकी र २ वर्षीय निश्चल बुढाथोकीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

त्यसैगरी सालिजा ९ का २० वर्षीय शिव पाईजा, धाइरिङ ८ की ९ वर्षीया पूजा परियार, ६० वर्षीय ढिके दर्जी, लुकमाया विक र प्रकाश परियारको म्याग्दी अस्पतालमा उपचार भइरहेको छ ।

सवारी चालक रिम बहादुर फगामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओरालो बाटोमा ब्रेक फेल भएर झण्डै ६० मिटर तल जीप खसेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)