Aamsanchar

राजधानीमा जुम्लाको अर्गानिक स्याउ

Author Image
आइतवार, भदौ २६, २०७३

काठमाडौँ।

apple

नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी जुम्लामा उत्पादित अर्गानिक स्याउ काठमाडौँ उपत्यकाका प्रमुख चौकमा बिक्री वितरण सुरु गरिएको छ ।

एस डिके एप्पल गार्डेनिङले यहाँ शनिबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरूमा झैँ यस वर्ष पनि चाडपर्वलाई लक्षित गरी जुम्लाको स्याउ काठमाडौँ ल्याइसकेको जानकारी दियो । सो गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अगार्निक स्याउ बिक्री वितरण गर्दै आएको छ ।

नेपालको अर्गानिक सर्टिफाइड, ताजा र गुणस्तरीय स्याउ उपत्यकाका फलफूल पसलबाट प्रतिकिलो रु १४० देखि १६० मा खरिद गर्न सकिनेछ ।

गत वर्षमात्र १५ टनको हाराहारीमा जुम्लाको स्याउ काठमाडौँमा बिक्री गरिएको गार्डेनिङका सञ्चालक दिनेश खड्काले जानकारी दिनुभयो । यसवर्ष भने १७ टनको हाराहारीमा बिक्री गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)