Aamsanchar

राष्ट्रिय बाल दिवस आज / अझै बाल शोषण हटेन

Author Image
बुधवार, भदौ २९, २०७३

(नरेन्द्र ढकाल) झापा ।

download

झापासहित देशभर बुधबार (आज) राष्ट्रिय बाल दिवस मनाइदैछ । सम्र्वद्धन बालअधिकारको ः कार्यान्व्यन संविधानको भन्ने मुल नाराका साथ बाल दिवस मनाईदैछ । बालदिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला बाल कल्याण समितिले जनाएको छ । समितिले आज झापाको चन्द्रगढीमा एक कार्यक्रमको आयोजना गर्न लागेको समितिका सदस्य नारायण भट्टराईले जानकारी दिए । उनले बालदिवसको औपचारिक कार्यक्रम भएपनि ठोस काम हुन नसकेको स्वीकार गरेका छन् ।

झापामा विद्यालय जाने उमेर समुहका शतप्रतिशत बालबालिकाहरु विद्यालयमा पुगेको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । ३६६ वटा विद्यालयहरुले आफ्नो क्याचम्याट एरियामा कुनै पनि बालबालिका विद्यालयको पहुँच बाहिर नरहेको रिर्पोटहरु उपलब्ध गराएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेलले जानकारी दिए । उनले स्थायी रुपमा बसोबास नगरेका तथा अन्यत्रबाट आएर अस्थायी रुपमा बसोबार गर्नेहरुको तथ्याङक भने नरहेको उल्लेख गरे ।

झापाका शतप्रतिशत बालबालिकालाई विद्यालयसम्म पु¥याउन सक्नु ठूलो उपलब्धी भएको उनको भनाई थियो । यसैबीच विगतका वर्षहरुमा भन्दा बाल हिंसाका घटनाहरु समेत घट्दै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले अझै पनि केहि स्थानमा बालिकाहरु यौन हिंसाका सिकार हुनुपरेको भन्दै बालहिंसा रोक्न प्रहरीले विशेष सक्रिया देखाएको बताए । उनले बालबालिका तथा महिलाको विषयमा भएका हिंसा तथा घटनाहरुलाई छिटो छरितो बनाउन प्रहरीले महिलासेल मार्फत पनि काम गरिरहेको जानकारी दिए ।

यसैबीच नेपालमा बालश्रमको अवस्थाबारे चित्रण गर्नेहरूले आजभन्दा आठ वर्ष पहिले (सन् २००८ मा) आईएलओको सहयोगमा केन्द्रीय तथ्यांक विभागबाट गरिएको राष्ट्रिय श्रमशक्ति सर्वेक्षण को तथ्यांकलाई नै आधार बनाउँदै आएका छन् । सो अध्ययनको प्रतिवेदनअनुसार नेपालमा रहेका कुल बालबालिकामध्ये ४०.४ प्रतिशत काम गर्ने बालबालिका रहेका, तीमध्ये ५०.९ प्रतिशत अर्थात् १५ लाख ९९ हजार बालश्रमिक रहेका र बालश्रमिकमध्ये १९.७ प्रतिशत अर्थात् ६ लाख २१ हजारलाई जोखिम प्रकारको श्रममा लगाइएको भन्ने उल्लेख छ ।

त्यसयता बालबालिकाको अवस्थामा भएका परिवर्तनलाई केलाउने गरी अध्ययन हुन नसकेकाले बालश्रमको विद्यमान अवस्थाबारे तथ्यांकगत जानकारी दिन सकिने आधार छैन । तर, खासगरी निकृष्ट प्रकारका बालश्रमको उन्मूलन वा न्यूनीकरणतर्फ लक्षित रही कतिपय नीति निर्देशिका बनेका छन् र त्यस्ता व्यवस्थाहरू हुँदै आएका छन् । यिनै व्यवस्थामा आधारित रही सरकारी तथा गैरसरकारी निकायहरूबाट भएका प्रयासहरूले बालश्रमको अवस्थामा केही सुधार आएको अनुभव गर्न नसकिने होइन । एक वर्षको ३६४ दिन निदाउने संघसंस्थाहरुले आज निकै ठूलो स्वरमा बालबालिका पक्षमा नारा लगाउने छन् । तर बाल श्रमीक तथा बालबालिकालाई गलत प्रयोग गरिरहेको विषयमा भने न राज्यले बोलेको छ न त बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरु नै अग्रसर भएका छन् ।

कानुनले निषेध गरेको घरेलु कामदारको रुपमा अझै पनि बालश्रमिक राख्ने गरिएको छ । समाजमा प्रतिष्ठित ब्यक्तिहरुले नै यसरी बालश्रमको शोषण गरिरहेको पाइन्छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ र सोको नियमावली २०६२ ले १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रममा लगाउन निषेध गरेपनि झापा लगायतका जिल्लाहरुमा अझैपनि घरेलु बालश्रमिक राख्ने चलन कायम नै रहेको पाइएको छ । बालश्रमिकहरूको ठुलै संख्या सानाखाले होटेल–रेस्टुराँ, गिटीकुटाइ, इँटाभट्टा, विभिन्न उद्योग, सार्वजनिक यातायात, भरिया, बालुवा निकाल्ने, कवाडी संकलन लगायत निकृष्ट प्रकारको श्रममा संलग्न भइरहेको पाइन्छ । कतिपय बालबालिकालाई त मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर ललाईफकाई विदेश लगेर विभिन्न जोखिमयूक्त श्रममा लगाउने, अझ बालिकाहरूलाई त यौन बजारमा नै पनि पु¥याउने व्यवहार भइरहेको छ । झापाका पछिल्लो समय सडकमा रहेका बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारतका पानीट्याङ्की, सिलिगुढी लगायतका स्थानबाट लागुऔषध ओसारपसरमा समेत प्रयोग गर्ने गरेको पाइएको छ । यो विषयमा झापा प्रशासन र यसमा सक्रिय संघसंस्थाले बेलैमा ध्यान दिन आवश्यक रहेको बालबालिको हितका लागी युवा सञ्चार अभियानले जनाएको छ ।

त्यसैगरी, बाल मृत्युदरमा पनि झापामा कमै मात्रमा हुनेगरेको जिल्ला जनस्वास्थय कार्यालय झापाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी वेदप्रसाद घिमिरेले बालमृत्यु दर झापामा अत्यन्त न्यून रहेको जानकारी दिए । उनले पछिल्लो समय भ्रुण हत्या गर्ने क्रम भने बढेको भन्दै चिन्ता ब्यक्त गरे । कानुनले समेत बञ्चित गरेको त्यस्तो कार्य कसैले गरेमा कानुन अनुसार कारबार्ही गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

संविधानमा रहेको व्यवस्था–ऐतिहाकि संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ ले बाल अधिकार बहालीका लागि पर्याप्त व्यवस्था गरेको छ । यो संविधानको भावनाअनुरूप कार्यान्ययन पक्ष प्रभावकारी बन्नसक्यो भने बाल अधिकारको विद्यमान अवस्थामा अपेक्षित परिवर्तन आउला भन्ने आशा राख्न सकिन्छ । तर संविधान जारी भएको एक वर्ष बित्न लाग्दा समेत बालबालिको क्षेत्रमा उपलब्धी मुलक काम हुन नसकेको सरोकारवालाहरुको भनाई छ । बाल श्रमविरुद्ध हरियो झन्डा अभियान– सन् २०१६ सम्ममा निकृष्ट प्रकारको बालश्रम र सन् २०२० सम्ममा सबै प्रकारको बालश्रम अन्त्य गर्ने लक्ष्य राखेर नेपाल सरकारले बालश्रमसम्बन्धी राष्ट्रिय गुरुयोजना निर्माण गरेको छ । सोही लक्ष्यअनुसार हरियो झन्डा अभियान २०७०÷७१ सुरुआत गरिएको थियो । अभियान श्रममा संलग्न बालबालिकालाई सामाजिकीकरण गर्दै अब आइन्दा बालश्रममा नलगाउने अठोट लिएर स्थानीय निकाय तथा सरोकारवालाले सञ्चालन गरेको बालश्रमविरुद्धको सकारात्मक अभियान भएपनि अभियानले ठोस काम गर्न सकेको छैन । झापामा अझै पनि बाल श्रम तथा बाल शोषणा हुने गरेको सरकारी निकायका प्रमुखहरुले स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर