Aamsanchar

ग्यास लिक हुँदा महिला गम्भीर घाइते

Author Image
बिहिवार, भदौ ३०, २०७३

महोत्तरी ।

ग्यास

खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

सोनियादेवीको उपचारका क्रममा गएराति जनकपुर अञ्चल अस्पतालमा मुत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार घरमा कोही नभएको समयमा दाउराले खाना पकाइरहेको समयमा कुर्ता सुरुवालबाट आगो सल्किँदा सोनियाको पुरा शरीर जल्दा उनी गम्भीर घाइते भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।

मृतकको शव अहिले जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । सो समय मृतकका ससुरा र श्रीमान् कामको सिलसिलामा बाहिर रहेका र मृतककी १ वर्षीया छोरी घरमा रहेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर