Aamsanchar

जब सनसाइनका विद्यार्थी पेट मिचिमिचि हासे

Author Image
बिहिवार, भदौ ३०, २०७३

sunsine 6
बिर्तामोड ।

बुधबार बाल दिवस । कक्षा २ मा पढ्ने बिर्तामोडकी ग्रीष्मा मेचेको यसदिन कुनै खुशीको सीमा नै थिएन । कारण थियो बाल दिवसकै दिन उनले कक्षा २ का सबै विद्यार्थीलाई २०७२ सालमा उछिनेर प्रथम भएको पुरस्कार प्राप्त गरेकी थिइन् ।
सनसाइन किण्डर हाउस (नोबेल एजुकेशन फाउण्डेशन) बिर्तामोड–६ मा अध्ययनरत् मेचेले बुधबार बाल दिवसको विशेष कार्यक्रमकाबीच पुरस्कार प्राप्त गरिन । उनीसँगै नर्सरीबाट विद्यालय नै प्रथम हुने सुहाना शेर्पा पनि औधि खुशी देखिन्थिन् । उनले सोही समारोहमा पुरस्कार प्राप्त गरिन् ।
विद्यालयले आयोजना गरेको बाल दिवससम्बन्धी समारोहमा अघिल्लो वर्ष नियमित विद्यालय आउने कक्षा १ का संकल्प काफ्ले पुरस्कृत भए । त्यस्तै अनुशासित विद्यार्थीको रुपमा एलकेजीकी हिकिता प्रसाईलाई पुरस्कृत गरिएको विद्यालयकी संस्थापक अध्यक्ष पूजा गिरीले जानकारी दिइन् ।
समारोहमा पुरस्कार वितरण चल्यो, प्ले गु्रपदेखि युकेजीसम्मका विद्यार्थीको मनोरञ्जनात्मक खेल प्रस्तुत गरिएको थियो । सबै विद्यार्थीले भाग लिएको कार्यक्रममा सहभागी सबै खुशीले रमेका देखिन्थे । त्यस्तै कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको हाजिरी जवाफ प्रतियोगितासमेत गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यालयका महिला शिक्षकले विद्यार्थीलाई नाटक, नृत्य र बाल गीत प्रस्तुत गरेका थिए ।

sunsine 4

शिक्षकले प्रस्तुत गरेको कछुवा र खरायो दौड नामक नाटक हेरेर बालबालिका पेट मिचिमिचि हाँसेका थिए । विद्यालयले हरेक वर्ष त्यस्ता दिवस, चाडपर्व र जन्मोत्सव विद्यालयमै मनाइदिने गरेको छ । बालबालिकालाई बाल दिवसको महत्व दर्शाउन उनीहरुलाई बाल अधिकार र आवश्यक वातावरण निर्माणमा प्रेरित गर्न विद्यालयले फरक ढंगले उनीहरुको भावना अनुसार कार्यक्रम गर्दै आएको संस्थापक अध्यक्ष गिरी बताइन् ।
बाल दिवसका दिन विशेषगरी शिक्षकले बालबालिकाको भूमिकामा विभिन्न अभिनय गरेर आकर्षण ढंगले प्रस्तुति गरेका थिए । त्यसअघि गुरु पूर्णिमा (टिचर्स डे)–मा विद्यार्थीले दिवसको महत्वबारे विभिन्न भूमिकामा अभिनय गरेका थिए ।

sunsine 3
उक्त कार्यक्रमको संयोजन एवम् सञ्चालन विद्यालयकी प्रिन्सिपल बिना कार्कीले गरेकी थिइन् । स्थापनाकालदेखि नै बालबालिकालाई रमाइ–रमाइ विद्यालय जाने र खेल्ने पढ्ने वातावरण सनसाइन किण्डर हाउसले निर्माण गरेको विद्यालयका निर्देशक दिपक गिरीले बताए । अहिले विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत् छन् भने ४३ जना महिला शिक्षक र कर्मचारी छन् । विद्यालयमा चालकमात्र पुरुष छन् ।

sunsine  1

sunsine  7

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर