Aamsanchar

छक्कापञ्जाले नाफा कमायाे‍

Author Image
शुक्रवार, भदौ ३१, २०७३

काठमाडौं,

chakka-panja-57d7a677254611.38704112

निकै चर्चा र दर्शक बटुलिरहेको चलचित्र छक्कापञ्जाले कलाकार तथा प्राविधिकलाई बोनस बाँड्ने भएको छ । चलचित्रको प्रदर्शनी सकिएपछि नाफाका आधारमा प्राविधिक र कलाकारलाई बोनस बाँड्ने तयारी गरेको निर्देशक दिपाश्री निरौलाले उज्यालोलाई जानकारी दिनुभयो । छक्कापञ्जाकै निर्माण समूहले बनाएका चलचित्र छ एकान छ र वडा नम्बर ६ चलचित्रका प्राविधिकलाई पनि बोनस वितरण गरेको थियो । पहिलेका २ चलचित्रमा प्राविधिकलाई मात्र बोनस बाँडिएकोमा यसपटक कलाकारलाई पनि बोनस वितरण गर्ने तयारी गरिएको निर्देशक निरौलाले जानकारी दिनुभयो ।

 

सबै प्राविधिक तथा कलाकारको मेहनतमा चलचित्र राम्रो बन्ने भएकाले सवैलाई राम्रो कामको प्रोत्साहन स्वरुप बोनस वितरण गर्ने निर्णय गरिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर