Aamsanchar

चट्याङ लागेर एक जनाको मृत्यु, पाँचजना घाइते

Author Image
शुक्रवार, भदौ ३१, २०७३

म्याग्दी ।

1474008718chatyang

म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।

घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताए ।

दुईजना सामान्य घाइतेको घरमै उपचार भइरहेको छ । घटनास्थलमा बेनीबाट प्रहरी टोली गएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर