Aamsanchar

मेची–महाकाली साहित्यिक दौड यात्रा सुरु

Author Image
शनिवार, असोज १, २०७३

काँकडभिट्टा (झापा)।

x14355660_516386788553081_7595712815909078778_n.jpg.pagespeed.ic.5jsfKtIxAx

प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले आज काँकडभिट्टाबाट मेची–महाकाली दौड यात्रा सुरु गर्नुभएको छ ।

दुई वर्षअघि छ हजार २०० मि अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका काभ्रेपलाञ्चोकका साहित्यकार सापकोटाले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतीक चिह्नसहित काँकडभिट्टास्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकबाट आफ्नो यात्रा सुरु गनुभएको हो ।

उहाँले विश्वको प्रथम साहित्यिक आरोहणका रुपमा सगरमाथाको आरोहण गर्ने उद्देश्यले आर्थिक सहयोग सङ्कलनका लागि मेची महाकाली दौड सुरु गर्नुभएको बताउनुभयो । सापकोटाले काँकडभिट्टाबाट सुरु गरेको यात्रा इटहरी, कञ्चनपुर, लहान, ढल्केवर, चन्द्रनिगाहपुर, हेटौँडा, भरतपुर, बुटवल, चन्द्रौटा, लमही, कोहलपुर, भुरीगाउँ र झलारी हुँदै असोज १८ गते महाकालीको गड्डाचौकी पुगेर समापन गर्ने बताउनुभयो ।

उहाँले यात्राका क्रममा विभिन्न स्थानमा कविता वाचन तथा साहित्यिक गोष्ठीसमेत गर्नु हुनेछ । भानु साहित्यक प्रतिष्ठान झापाका अध्यक्ष कृष्णप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार चुडामणि रेग्मी, पुण्यप्रसाद खरेल, विजय खरेल, पत्रकार चन्द्र भण्डारीलगायतले यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर