Aamsanchar

‘छक्कापञ्जा’ले यसरी झुक्काउँदैछ सरकार र दर्शक

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौं ।

chakka-panja-57d7a677254611.38704112

अभिनेता दीपक गिरी र अभिनेत्री दीपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा’ले अहिले दर्शक तानेको छ । फिल्मले राम्रो कमाइ पनि गरेको छ । तर फिल्मको कमाइ लुकाउन दीपक र दीपाले गर्नुसम्मको कीर्ते काम गरेको खुलासा हुँदै गएको छ ।

राजधानीका फिल्महरूमा राम्रो कलेक्सन गरेको ‘छक्कापञ्जा’ कमाइ पूरै नदेखाएर राज्यलाई कर छल्ने तयारीमा दीपक र दीपा सक्रिय भएको स्रोतले जनाएको छ । यो जोडीले फिल्म हल सञ्चालकहरूलाई फोन गरेर र भेटेरै कलेक्सन भएको रकमको बास्तविकता बाहिर नल्याउन दबाब दिइरहेका छन् ।

फिल्मको पब्लिसिटीमा थुप्रै खर्च गर्न भ्याएका दीपक र दीपाको खुट्टा अहिले भुइँमा छैन । फिल्म चलेपछि उनीहरूको खुसीको सीमा नरहनु स्वभाविक हो  फिल्म देखाउन दीपक र दीपाको जोडीले एमालेका अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूलाई फिल्म हलसम्म पु-याएको थियो ।

यसले पनि ‘छक्कापञ्जा’को राम्रै प्रचार प्रसार भयो । फिल्ममा दीपा, दीपक, कमल गाउँले, प्रियंका कार्कीलगायत टेलिभिजनमा देखिन अधिकांश कलाकारहरूको अभियन छ । हुन त राज्यलाई कर छल्ने बानि नै परिसकेका नेपाली फिल्मका कलाकार र निर्माताहरूको व्यवहार फिल्म राम्रो चल्दा पनि सुधार नहुनुमा राज्यको नीति नियम कमजोर रहेको आरोप छ ।

यही कमजोरीलाई पछ्याएर दीपा र दीपकले राज्यलाई कर छल्न थालेका हुन् । दर्शकको राम्रो माया पाएको ‘छक्कापञ्जा’ले अहिलेसम्म कति कमाइ ग-यो त्यसको हिसाब किताब दीपक र दीपाले दर्शक र राज्यलाई दिनु पर्दैन ? भनेर प्रश्न उठ्न थालेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर