Aamsanchar

हिन्दीलाई राष्ट्रिय भाषा बनाउन सकिँदैन

Author Image
बुधवार, असोज १२, २०७३

तुलसीपुर ।

download

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको हल्ला अनावश्यक भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता पुनले कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने बताए ।

उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षड्यन्त्र मात्रै भएको बताए । त्यस्तै उनले अंगीकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन गर्न र भड्काउनका खोजिएको आरोप लगाए ।

यसबारेमा संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाइदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनले आरोप लगाए । पत्रकार सम्मेलनमा नेता पुनलेसंघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)