Aamsanchar

पाकिस्तानी कलाकार आतंकवादी होइनन्-सलमान

Author Image
शनिवार, असोज १५, २०७३

एजेन्सीः

Salman-Khan-580x395

भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएको भन्दै सलमान खानले त्यसको विरोध गरेका छन् । शुक्रबार सलमानले पाकिस्तानी कलाकार आतंकवादी नभएकाले प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

भारत र पाकिस्तानबीच युद्धको खतरा बढ्दै गएपछि पाकिस्तानी कलाकारलाई भारतमा चलचित्र खेल्न प्रतिबन्ध लगाइएपछि सलमानले त्यसको विपक्षमा अभिव्यक्ति दिएका हुन् । सलमानले सबै पाकिस्तानी कलाकार भिसा लिएर भारतमा आएकाले उनीहरुलाई आतंकवादीको व्यवहार गर्नु नहुने बताए ।

सलमानले भने ‘कलाकार र आतंकवाद फरक कुरा हो । के कलाकार आतंकवादी हुन् ? उनीहरु भीसा लिएर भारत आएका हुन्छन् । उक्त भीसा सरकारले नै दिने गरेको छ ।’

सलमानले भारत र पाकिस्तानको स्थिती सामान्य र शान्त हुनु आवश्यक रहेको उल्लेख गर्दै भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकलाई ‘एक्सनको रियाक्सन’ भएको प्रतिक्रिया दिए ।

भारतमा पाकिस्तानी कलाकारलाई चलचित्रमा खेल्न प्रतिबन्ध लगाएको प्रति निर्माता करण जोहर र नायिका जुही चावलाले यस अघि नै आपत्ति जनाइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)