Aamsanchar

‘लभ लभ लभ’ को डेट पक्का

Author Image
मङ्गलवार, असोज १८, २०७३

lov lov

स्वस्तिमा खड्का र सुरज पाण्डेबीचको आदर्श प्रेमकथालाई बुनिएको ‘लभ लभ लभ’ ले वर्ष २०७४ को पहिलो दिनदेखि प्रदर्शनको खाता खोल्ने भएको छ । निर्देशक दीपेन्द्र के खनाल निर्देशित उक्त फिल्मले शनिबार वैशाख १ लाई रिलिज डेट पक्का गरेको हो ।

साताअघि मात्रै पोखरा आसपास फिल्मांकन सकेर पोस्ट प्रोडक्सनमा रहेको ‘लभ लभ लभ’ बाट नायकका रूपमा सुरजले डेब्यु गर्न लागेका हुन् । फिल्मलाई सुरजकै आमा शर्मिलाले सुरज सिने आट्र्सको ब्यानरमा निर्माण गरेकी हुन् । फिल्ममा देशभक्त खनाल, रमेश बुढाथोकी, ए गुरुङ, रूपा रानालगायतको पनि अभिनय रहेको छ ।

‘फिल्म हेर्दा दर्शकलाई लभस्टोरी नै भए पनि फरक स्वाद लाग्नेछ,’ पटकथा समेत आफैंले तयार पारेका निर्देशक खनालले दाबी गरे । त्यसो त उनी करिअरको सुरुवातदेखि हरेक फिल्ममा नयाँ शैली पस्कँदै आइरहेका छन् । पछिल्लो पटक सहरी युवाको प्रेमकथामा आधारित ‘चपली हाइट २’ ल्याएका खनालले यसअघि गाउँले एक युवकले बाबुआमालाई स्वर्गको ढोका खोल्न गरेको आर्यघाट संघर्षलाई ‘पशुपति प्रसाद’ मा पस्केर वाहवाही कमाएका थिए । फिल्मलाई नीरज कँडेलले खिचेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर