Aamsanchar

अभिनेत्री किमलाई बन्धक बनाएर गहना लुटियो

Author Image
मङ्गलवार, असोज १८, २०७३

पेरिस:

kim.jpg

हलिउडकी टेलिभिजन अभिनेत्री किम कार्दशियनलाई पेरिसमा एक भीआईपी होटलमा बन्दुक देखाएर बन्धक बनाएपछि यो लुटपाट भएको हो ।  पुलिसका अनुसार किमलाई बन्धक बनाएपछि उनीसँग रहेको १ अर्ब १८ करोड नेपाली रुपैयाँ बराबरको गहना लुटिएको हो ।

यसमा उनको दोस्रो बिहेको इङ्गेजमेन्टका १५ क्यारेट हिारको औँठी र नेकलेस थियो । जुन उनलाई पति केन्ये वेस्टले आफैँ डिजाइन गरेर दिएका थिए ।  बीबीसीका अनुसार लुटपाटपछि किमलाई बाथरूममा बन्द गरेर लु्टेरा मोटरसाइकलमा भागेका थिए । किम पेरिस फेसन सप्ताहमा भाग लिन  आमा क्रिस जेनर, बहिनी कोर्टनी कार्दशियन र केन्डेल जेनरसँगै पुगेकी थिइन् ।

स्काई न्यूजले पुलिस अधिकृतलाई हवाला दिँदै जनाए अनुसार लुटेराले किमको गहना रहेको बाकस नै उठाएका हुन् । यसमा करिब ८.५ मिलियन पाउन्ड (१ अर्ब १८ करोड रुपैयाँ) को गहना थियो ।

यो घटना सोमवार स्थानीय समयअनुसार ३ बजे (नेपाली समय बिहान ६:४५ बजे) भएको हो ।  किमले उनका प्रवक्तमार्फत बताए अनुसार आइतवार राति उनलाई बन्दुक देखाएर दुईजनाले बन्धक बनाएका थिए । नकाव लगाएका लुटेराहरु पुलिसको पोशाकमा आएका थिए ।

तर केही समाचारमा भने लुटेराको संख्या पाँचजना रहेको बताइएको छ। ‘किमसँग दुर्ब्यवहार पनि गरिएको छ’, उनका प्रवक्ताले भनेका छन्, ‘तर उनलाई शारीरिकरुपमा कुनै चोटपटक पुर्याइएको छैन।’

आइवार राति किमका पति केन्ये वेस्ट न्यूयोर्कमा मीडोज फेस्टिबलमा सहभागी भएका थिए । उनलाई त्यहाँ जरुरी सन्देश मिलेपछि उनी त्यहाँबाट सिधै पेरिस पुगेका थिए । सीएनएनका पत्रकार फ्र्याङ्क पेलोटाले ट्वीट गर्दै फेस्टिबल छाडेर वेस्ट अचानक हिँडेपछि त्यहाँ उपस्थित मानिसहरु आश्चर्यचकित भएको बताएका थिए ।

‘उनी पेरिस गएको बारेमा विस्तृत विवरण दिइएको छैन’, उनले ट्वीटमा भनेका छन्, ‘केबल यति भनिएको छ, पारिवारिक समस्याका कारण उनी न्यूयोर्कबाट बाहिर गएका छन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर