Aamsanchar

अनुष्का विराटसँग विवाह होइन रोमान्स चाहन्छिन्

Author Image
बिहिवार, असोज २०, २०७३

एजेन्सीः

download (1)

भारतीय क्रिकेटर र बलिउड नायिकाको प्रेम सम्बन्धमा जब विवाहको कुरा चल्छ तब खटपट सुरु भइहाल्छ । भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माकाबीच विवाहकै कारण दोस्रो पटक सम्बन्ध चिसिएको छ।

यस अघि समेत विराटले विवाहको प्रस्ताव राख्दा अनुष्का विराटबाट टाढिएकी थिइन भने पुनः विवाहकै प्रसंगले दुईबीच खटपट सुरु भएको छ ।

अनुष्काले विराटको विवाह प्रस्तावप्रति अनिच्छा व्यक्त गरेपछि उनीहरुको प्रेम सम्बन्ध पुन संकटमा परेको हो । विराटसँग सँगै हिड्ने घुम्ने र रोमान्स गर्ने चाहना भए पनि विवाहा गर्ने चाहना भने अनुष्काले व्यक्त गरेकी छैनन् ।

विराटले भने अनुष्कालाई पटकपटक विवाहको प्रस्ताव राखिसकेका छन् । अनुष्का भने विवाहले आफ्नो बलिउड यात्रामा बिराम लाग्ने भन्दै विराटको प्रस्तावप्रति असन्तुष्टि राख्दै आएकी छिन् ।

अनुष्कासँग गहिरो प्रेममा रहेका विराटले भने अनुष्कासँग विवाह गरेर बलिउडलाई भन्दा आफ्नो परिवारलाई हेरुन भन्ने चाहना राख्दै आएका छन् । विराटको यही चाहना एक मत नहुँदा अनुष्का र विराटबीचको प्रेम सम्बन्धमा खटपट आउने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर