Aamsanchar

प्रियंका चोपडाका दर्शक घटे

Author Image
शनिवार, असोज २२, २०७३

एजेन्सीः

priyanka-chopra-11 priyanka-chopra-11

बलिउड नायिका प्रियंका चोपडाको अमेरिकी टीभी सो ‘क्वान्टिको’को पहिलो सिजन भव्य रूपमा सफल भएको छ । उनले उक्त सोमार्फत उत्तिकै लोकप्रियता पनि कमाइन् ।

यही कारण उनले उक्त सोलाई दोस्रो सिजनमा पनि निरन्तरता दिइन् । सामाजिक सञ्जालमा पनि आफ्नो सोको बारेमा उनले सक्रिय रूपमा प्रचार गरिन् ।

तर अमेरिकी सहरमा प्रियंकाको दोस्रो सोले खासै सफलता पाउन सकेन । भेराइटी म्याग्जिनका अनुसार उनको दर्शक संख्या ३६ लाख भयो, जुन पहिलो सोमा भन्दा कम हो । पहिलो सोमा उनको दर्शक संख्या ७१ लाख थिए ।

यसले गर्दा उनको कमाइ पनि निकै घटेको छ । प्रियंकाको जस्तै रियालिटी स्टार क्रिस जेनरको सो ‘हाउ टु गेट अवे विद मर्डर’ र ‘हाउस अफ काड्र्स’को रेटिङमा पनि कमी भएको देखियो । प्रियंकाको र जेनरको कार्यक्रम टेलिभिजनमा सबैभन्दा धेरै हेरिने सोका रूपमा चर्चा कमाएका थिए ।

प्रियंकाले यस सोमा एफबीआई एजेन्टको भूमिका निर्वाह गरेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर