Aamsanchar

बिहेपछि परपुरुषसँग यौन सम्पर्क गर्न छुट

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

लन्डन ।

1650788031

अफ्रिकी महादेशमा अवस्थित नाइजरको सहारा मरुभूमिमा एउटा अनौठो जातिको बसोवास छ । जसमा महिलाहरूको शासन चल्छ भन्दा पनि फरक पर्दैन ।

रीतिरिवाज र तौरतरिका संसारका अन्य मानव जातिको भन्दा नितान्त भिन्न छ । सयौँ वर्ष पुरानो यो जनजाति तुआरेगको नामबाट चिनिन्छ । इस्लामिक समुदायको यो जातिका महिलाले बिहेपछि पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् । उनीहरू साधारणतया बुर्का पनि लगाउँदैनन् ।

श्रीमानसँग सम्बन्धविच्छेद भइहाल्यो भने सारा सम्पत्ति महिलाले नै राख्न पाउँछन् । सम्बन्धविच्छेदपछि अभिभावकको तर्फबाट पार्टी नै पाउँछन् । एउटा आमसमाजभन्दा उल्टो त्यहाँ महिलाहरूको दबदबा हुन्छ । यो जातिमा पुरुष अधिकांश समय अनुहार ढाक्ने गर्छन् ।

महिलालाई बिहेअघि केटा साथी राख्ने स्वतन्त्रता हुन्छ । त्यसक्रममा पुरुषहरू महिलालाई भेट्न उनीहरूकै घरमा जान्छन् ।

यस्तो हुँदा पनि घरका सदस्यले खासै वास्ता गर्दैनन् । महिलाहरू सामान्यतया २० वर्षभन्दा कम उमरेमा बिहे गर्दैनन् । – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर