Aamsanchar

पूर्वराजा ज्ञानेन्द्रको चेतावनीः निषेधको राजनीति भए विद्रोह हुने

Author Image
बिहिवार, कार्तिक ४, २०७३

काठमाडौं:

gyanendra-5808862e69ee51.30417710

पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै निषेधको राजनीतिले विद्रोह हुने बताएका छन् ।

बिहीबार राजधानीको वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘निषेधको राजनीति भए असन्तुलन उपेक्षा हुँदै विद्रोह हुन्छ ।’

सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपालमा मौलिकता र राष्ट्रियता हराउदै गएकोप्रति असन्तुष्टि जनाएका छन् । ‘जनतामा चरम निराशा छाएको छ,’ ज्ञानेन्द्रले भने ।

उनले राजनीतिमा चरम बाहिय हस्तक्षेप भएको भन्दै यस्तो हस्तक्षेप हुने सिर्जना कसरी भयो भन्दै राजनीतिक दलतर्फ प्रश्न गरेका छन् । ‘राजनीतिमा चरम बाहिय हस्तक्षेप हुँदै गएको छ’, उनले प्रश्न गरे, ‘यस्तो वातावरणको सिर्जना कसरी भयो ?’

उनले हिन्दु सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हिन्दु धर्म विश्वकै उत्कृष्ट भएको समेत दाबी गरे । वनकालीमा पूर्वराजाले उद्घाटन गरेको विराट हिन्दु सम्मेलन तीन दिनसम्म चल्ने छ । शुक्रबार र शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन हुँदै छ ।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा भएको सम्मेलनमा थाइल्यान्ड, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, क्यानाडा, बेलायतलगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी भएको समितिकी सचिव अस्मिता भण्डारी जानकारी दिइन ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर