Aamsanchar

झापाका रामलाई सम्झियो एमालेले

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

बुधबारे ।

14741120_1442446672451795_238262867_n

झापा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका झापा बुधबारे १ का राम प्रधानको ४४ औं स्मृति सभा शुक्रबार मनाइएको छ ।

वि.स २०३० कार्तिक ५ गते तत्कालिन सरकारका प्रहरीले उनको निर्मम ढंगले हत्या गरेको थियो । सोहि दिनको सम्झनामा राम प्रधान स्मृति केन्द्र, नेपालले बुधबारे १ को भोटेटारमा स्मृति सभा गरेको हो ।

केन्द्रका अध्यक्ष चिन्तन पाठकको सभापतित्व तथा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनको व्यक्तित्व माथि चर्चा गरिएको थियो ।

कार्यक्रममा सुखानी शहिद स्मृति प्रतिष्ठानका उपाध्यक्ष अर्जुन राई लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चानल केन्द्रका सचिव सर्मानन्द धिमिरेले गरेका थिए ।

राम प्रधानको शालिकमा माल्यार्पण गरेर शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि वरालले उनलाई राष्ट्रिय शहिद बनाउने कुरामा सबैले आवाज उठाउनु पर्ने धारणा व्यक्त गरेका छन् भने सभापति तथा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले पनि प्रधानलाई राष्ट्रिय शहिद बनाउने कुरामा सबै एक भएर लाग्नुपर्ने र उनले देखाएको बाटोमा एमाले हिँड्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर