Aamsanchar

भगवानको पुजा गर्दा किन बालिन्छ धूप ?

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

पुजा गर्दा भगवानको अगाडि सबैले धूप बाल्ने गर्छन् । तर किन धूप बालिन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । धूप बाल्ने परम्पराको पछाडि यस्तो छ कारणः

dhupa

आध्यात्मिक कारणःभगवानको पुजा गर्दा आउने धूपको बासना सीधा भगवानसम्म पुग्ने विश्वास गरिन्छ । यसले विचारलाई पवित्र राख्न पनि मद्दत गर्छन् । यसले मानवले एकले अर्कोलाई समर्पण गर्नुपर्ने कुरा बताइन्छ । आफ्नो आकांक्षालाई छोडेर अरूको जिन्दगी उज्यालो बनाउन सक्नुपर्छ भन्ने मान्यता धूपबाट सिक्नुपर्दछ । यसैले धार्मिक समारोहमा अगरबत्ती बाल्ने गर्छन् ।

मनोवैज्ञानिक कारणः अगरबत्तीलाई रोग उपचारको लागि पनि प्रयोग गरिन्छ । धूप बलिरहेको बेला दिमागमा हिलिङ् प्रक्रिया चल्ने र आनन्दित भएको प्रभाव पर्छ । तनावबाट मुक्ति तथा मानसिक थकानबाट आराम लिन पनि धूपको प्रयोग गरिन्छ । यो धार्मिक कार्यक्रममा बस्दा सबै निराशायुक्त कुरा बिर्से जस्तै हो ।

भगवानको पुजा गर्दा मन र दिमाग दुबै एकाग्र भएको हुन्छ । धूपबाल्दा वरिपरि रहेका दुर्गन्ध हटाएर सुगन्धको आभास दिन्छन् । कहिँ धूप बालेको छ भने त्यहाँ धार्मिक अनुष्ठान चलिरहेको जान्न सकिन्छ । यसले किरा धमिरालाई हटाउन मद्दत पनि गर्छन् ।

तेस्रो कारणः धूप बाल्ने काम धार्मिक पर्वमा मात्र होइन धेरैबर्षदेखि विभिन्न मुलुकहरू चीन,इजिप्ट,तिब्बतको मौलिक प्रथा मानिन्छ । उनीहरूले धूपको प्रयोग एरोमा थेरापीमा प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर