Aamsanchar

बलिउड अभिनेता शाहरुख २५ औं विवाह उत्सव मनाउँदै

Author Image
बुधवार, कार्तिक १०, २०७३

एजेन्सीः

Shahruk-and-Gauri-Khan-580efda3e5af98.11166259

बलिउड अभिनेता शाहरुख खानले वैबाहिक जीवन सुरु गरेको २५ वर्ष पुरा भएको छ । गौरीसँग विवाह बन्धनमा बाँधिएका शाहरुखले आफ्नो दाम्पत्य जीवन सुखद रहेको बताउने गरेका छन् ।
विवाहको २५ औं वर्षगाँठका बेला शाहरुख भने यतिबेला स्पेनमा छन् । उनी फिल्म ‘द रिंग’ को सुटिङका लागि स्पेन पुगेका छन् । यसपालीको विवाह उत्सव शाहरुखले स्पेनमै मनाउनेछन् । विवाह उत्सव मनाउँन श्रीमती गौरी तथा छोरा अबराम स्पेन पुुगिसकेका छन् ।
द रिंगको पूरा टोलीका साथ उनले आफ्नो विवाह उत्सव मनाउनेछन् ।
विवाहको विशेष दिन स्पेनमा मनाएपनि विवाह उत्सवको पार्टी भने मुम्बई फर्किएपछि साथीहरुका साथ मनाउने शाहरुखको योजना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)