Aamsanchar

अभिनेत्रीको नाङ्गो फोटो चोर्नेलाई १८ महिना जेल

Author Image
शनिवार, कार्तिक १३, २०७३

अमेरिका,

_92143414_817acdac-0f31-4121-89db-b1256f1a31f8

हलिउड अभिनेत्री जेनिफर लोरेन्स र अरु केही युवतीको नाङ्गो फोटो चोर्ने अमिरिकाका युवक रेयान कोलिन्सलाई १८ महिना जेल सजाय सुनाइएको छ ।
जेनिफर लोरेन्सको एउटा नाङ्गो फोटो सन् २०१४ मा इन्टरनेटमार्फत लिक भएको थियो । केही प्रशिद्ध अभिनेत्रीसँगै ६ सय जना युवतीको नाङ्गो तस्बिर र भिडियो सार्वजनिक गरेको रेयानविरुद्धको आरोप प्रमाणित भएको हो ।

३६ वर्षका रेयानविरुद्ध गएको मे महिनामा मुद्दा चलाइएको थियो । उनले अभिनेत्रीहरुलाई मेल पठाएर उनीहरुको पासवर्ड ह्याक गरेको बताइएको छ । रेयानले ५० आइक्लाउड र ७२ वटा जिमेल एकाउन्ट ह्याक गरेका थिए ।

स्रोत : बिबिसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)