Aamsanchar

के रे ? पटाका नपड्काउनु रे ?

Author Image
सोमवार, कार्तिक १५, २०७३

महेश आचार्य

(कविता)

के रे ?
पटाका नपड्काउनु रे ?
रमाइलो नगर्नु रे?
आज सुने,
तिमीले भनेछौ,
यो पाली तिहारमा पटका नपड्काउनु !
साझ छिप्पिएपछी,…देउसी नखेल्नु !!
धेरै रङ्गीचङ्गी बत्तिहरु नबाल्नु !!!

बरु भनन,
सयपत्री नउन्नु,
काग, कुकुर, गोरु, गाई र लक्ष्मी नपुज्नु
मखमली पनि नउन्नु ।
भनीदेउ,
भाइटिका लगाएर कुनै काम छैन ।
थाहा छ???

तिमीले…
१० बर्षसम्म,
हाम्रै आसुको दियो बालेर
दिपावली मनाउदै देउसी खेलेको ?
दिनरात पटका पड्काएको ??
अनि आफ्नै घरगोठमा मात्रै,
झिलीमिलि बत्ती बालेको ??

तर,
तिम्रो त्यो दिपावलीको मूल्य,
अब,
तिमीले तिर्नै पर्छ,
हरहालतमा ।
‘त्यो तिहार´ को सावा र ब्याज भुक्त्तान गर्नै पर्छ ।

अनि,
पड्काउछौ लसुने पटाका,
जगमग र चकलेट नामका,
सिलबरे बटुकोले छोपेर ।

पड्केन भने,
अगुल्टोमा राखेर पाएपले फु..फु.. गर्छौ ।
त्यसपछी,
पड्किन्छ पटाका… ‘ड्वाङ्ग’
सुरु हुन्छ हाम्रो ‘तिहार’
खेल्छौ देउसी र भैलो,
… रात छ्याङ्गै हुनेगरी

यो देशैभरी,
… झिलिमिली बत्तीहरु बालेर ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर