Aamsanchar

‘तरकारीवाली’ कुसुमलाई चलचित्र ‘लम्फु’मा अभिनयको अफर

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

14938335_701755646647600_5784693125134553881_nकाठमाडौं 

‘तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ।

गोरखा भूम्लीचोककी श्रेष्ठलाई पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फुमा अभिनयको लागि अफर गरेको हो। ‘हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं’, चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले भने, ‘ श्रेष्ठसँग कुरा भएको छ। उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन्।’

श्रेष्ठले आफु फिल्मको लागि इच्छुक भएको बताइन्। ‘फिल्मको अफर आएको छ’, उनले भनिन्, ‘ सोचेर निर्णय गर्छ।’ लम्फुको लागि अफर आए पनि निर्णय गरिनसकेको उनले बताइन्।

लामिछानेले यस अघि ‘किन लाग्छ माया’, ‘बोक्सी’, ‘द मिरर’ र ‘ओ माइ म्यान’को निर्देशन गरिसकेका छन्।

पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा श्रेष्ठको तस्बिरले इन्टरनेटमा धुम मच्चाएको छ।

चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै छन्। गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुलतर्दै गरेको फोटो त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए। त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो। करोडौं सेयर भएको छ।नागरिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)