Aamsanchar

‘मोबाइल सेक्स सर्भिस’,रसियन र भारतीय पनि

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौं ।

गत वैशाख १० गते राति पौने ११ बजे काठमाडौंको दरबारमार्गमा एउटा ट्याक्सी यात्रु लिएर छिनछिनमा घुमेको घुम्यै गर्यो।

एक छिनपछि अर्को ट्याक्सी पनि त्यसैगरी घुमिरह्यो। दरबारमार्गबाट घरी ट्याक्सी कमलादी जान्थ्यो। पुतलीसडक हुँदै घुमेर दरबारमार्गमा नै आइपुग्थ्यो।
ट्याक्सीको गतिविधि शंस्कापद लागेर प्रहरीले नियालिरहेको थियो। वैशाख ११ गते पनि सोही क्रम दोहरियो। त्यसपछि प्रहरीले दुबै ट्याक्सीलाई नियन्त्रणमा लियो।
प्रहरीले ट्याक्सी चालक भक्तपुर सिवाडोल गाविस–५ घर भई बौद्धमा डेरा गरी बस्ने आइते लामा र काभ्रे माच्छे–७ घर भई गौरीघाट बस्ने २५ वर्षको गणेश मगरसहित छ जना युवतीलाई पक्राउ गर्यो।
प्रहरीको दाबीअनुसार ट्याक्सीमा युवती बसेर ग्राहक खोज्दै हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। ट्याक्सी चालककै मिलेमतोमा काठमाडौंमा पछिल्लो समय ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा भइरहेको प्रहरीले बताएको छ।
सडकमा नै ग्राहक खोज्ने र बार्गेनिङ गर्ने अनि कुरा मिलेपछि सुविधासम्पन्न होटलमा जाने गरेको दरबारमार्ग प्रहरी बृत्तका डिएसपी कृष्णबहादुर पल्लीमगरले सेतोपाटीलाई बताए।
युवतीहरूले ग्राहक हेरेर दर निर्धारण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। दरबारमार्गबाट पक्राउ परेका युवतीहरूको रेट १० हजारभन्दा माथि नै रहेको डिएसपी मगरले बताए। पक्राउ पर्नेमा विवाहित महिला पनि छन्। कतिपयका श्रीमानसँग सम्बन्धविच्छेद भएको छ। कतिपयका श्रीमान विदेशमा भएको प्रहरीले बताएको छ।
ट्याक्सीमा नै बसेर ग्राहक खोज्दै हिँडे पनि उनीहरूले दलाल पनि खटाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। ग्राहकबाट आएको रकममध्ये ट्याक्सी चालक र दलाललाई पच्चीस/पच्चीस प्रतिशत रकम दिइने गरेको उनले बताए।
गत फागुन १३ गते पनि दरबारमार्ग प्रहरीले दुई जना ट्याक्सी चालक र सात जना युवती यस्तै क्रियाकलाप संलग्न भएको भन्दै पक्राउ गरेको थियो। त्यतिबेला प्रहरी ग्राहक बनेर उनीहरूलाई समात्न सफल भएको थियो। चार महिना अवधिमा ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा चलाउँदै हिँडेका चार जना ट्याक्सी चालक र १३ जना युवतीलाई पक्राउ गरिएको डिएसपी मगरले बताए। उनीहरूलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको थियो।
रसियन र भारतीय पनि 
काठमाडौंमा अहिले यौनधन्दामा रसियन र भारतीय समूह सक्रिय रहेको प्रहरीले बताएको छ। उनीहरूले काठमाडौंको नयाँ बजार र बौद्धमा घर नै भाडामा लिएर यौनधन्दा चलाउने गरेका छन्। रसियन युवतीहरुले एक वर्ष अघिदेखि नै यौनधन्दा सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।
२०  वर्षभन्दा माथिका सात जना रसियन युवती यस्ता क्रियाकलापमा लागेको प्रहरीले बताएको छ। ठूला र महँगो रेष्टेरन्टमा गएर उनीहरू आफैँ ग्राहक खोज्छन्।
उनीहरूको दररेट ३० देखि ५० हजार रुपैयाँको बीचमा हुने गरेको छ। केही नेपाली दलालले उनीहरूलाई साथ दिइरहेका छन्।
त्यस्तै भारतीय नागरिकले भने अधिकांश युवती भारतबाट नै ल्याउने गरेका छन्। उनीहरूले कम मात्रामा नेपाली युवती पनि प्रयोग गर्ने गरेका छन्। विभिन्न कार्यक्रमको बहानामा भारतबाट ल्याएका मोडललाई पनि उनीहरूले यस्तो काममा समावेश गराएका छन्।
उनीहरूको दररेट १५ देखि २० हजार रुपैयाँको बीचमा छ। रसियन र भारतीय समूहको ग्राहक ‘हाइ प्रोफाइल’ भएका मानिसहरू हुन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर