Aamsanchar

निखिलको फिल्ममा किन हुन्न सञ्चिताको ‘इन्ट्री’ ?

Author Image
आइतवार, कार्तिक २१, २०७३

झापा ।  

nikhil-upreti-and-sanchita-luitel

नेपाली सिने जगतको चर्चित जोडी अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेललाई दर्शकहरुले एकसाथ पर्दामा नदेखेको लामै समय भइसकेको छ । ‘सम्झना’, ‘मर्यादा’, ‘माया त माया हो’, ‘दाग’, ‘विष’ लगायतका चलचित्रमा एकसाथ काम गरेका निखिल र सञ्चिता रियल लाइफमै श्रीमान श्रीमती भएपछि उनीहरुलाई दर्शकहरुले एकसाथ पर्दामा देख्न पाएका छैनन् ।

दर्शकहरु यो चाहिरहेका छन् कि निखिल र सञ्चिता एकसाथ चलचित्रमा देखिउन तर निखिल र सञ्चिताको विवाह भएपछि त्यो अहिलेसम्म सम्भव भएको छैन । प्रयास भएको थियो एक चलचित्रमा निखिल र सञ्चितालाई एकसाथ देखाउने तर त्यो प्रयास असफल भयो । सञ्चिता लुइँटेलले अभिनय गरेको चलचित्र राधा अहिले प्रदर्शन भइरहेको छ भने निखिल आफ्नै होम प्रोडक्शनमा तयार भइरहेको चलचित्र ‘रुद्र’ को छायाँकनमा व्यस्त छन् ।
सञ्चिता लुइँटेलसँग विवाह गरेर झण्डै ५ बर्ष हराएपछि निखिलले आफ्नै लगानीमा चलचित्र ‘भैरव’ निर्माण गरेका थिए, जसमा निखिलकै मुख्य भुमिका थियो भने नायिकामा अनु शाह थिइन् । त्यसपछि निखिलले ‘लुटेरा’ चलचित्रमा काम गरे, त्यसमा निखिलको जोडी नायिका निशा अधिकारीसँग बाँधिएको थियो । सोही क्रममा उनले चलचित्र ‘किंग’ मा काम गरे, त्यसमा उनले नायिका बेनिशा हमालसँग काम गरेका छन् । त्यस्तै निखिलले गएको महिना मात्र चलचित्र ‘राधे’ मा काम गरे, त्यसमा उनले नायिका प्रियंका कार्की र अशिष्मा नकर्मीसँग काम गरेका छन् ।
यसरी हेर्दा अहिलेसम्म निखिलले काम गरेका चलचित्रमा सञ्चिताको इन्ट्री हुन सकेको छैन । यति मात्र होइन् केही दिन अगाडी मात्र आफ्नै लगानीमा बन्ने चलचित्र ‘रुद्र’ मा पनि निखिलले सञ्चितालाई लिने आँट गरेनन् । यो हेर्दा धेरैले अडकल काट्न थालिसकेका छन् कि कतै निखिलले सञ्चितालाई नै नपत्याएका त होइनन् ? तर सञ्चिता आफु एउटै व्यक्तिले बनाएको कलाकार नभएको पनि बताउँछिन् ।

उनका अनुसार आफ्नै क्षमताले बनेको कलाकार भएकाले पनि उनले निखिलको चलचित्रमा भूमिका खोज्न चाहिनन् । नायिका सञ्चिता लुइँटेलले नायक निखिल उप्रेतीसँग विवाह गरेपछि चलचित्र ‘नाई नभन्नु ल ३’बाट यो क्षेत्रमा कमब्याक गरेकी थिइन् । अहिले उनी अभिनित चलचित्र राधाले सुखद व्यापार गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)