Aamsanchar

रोनाल्डोकी पूर्व प्रेमिका इरिना बिहे गर्दै

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

काठमाडौंः

arina-and-ronaldo-5821ac2317ce73.00077399

पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोकी पूर्व प्रेमिका रशियन मोडल तथा नायिका इरिना श्याकले बिहे गर्ने भएकी छिन्।

रोनाल्डोसँग ब्रेकअप भएपछि हलिउड स्टार ब्राडली चार्लेस कूपरसँग उनी प्रेममा परेकी छिन्। ब्राडली हलिउडका चर्चित अभिनेता तथा प्रोडुसर हुन्। बिहेको मिति भने खुलाइएको छैन। मोडल इरिना रोनाल्डोसँग पाँच वर्षसँगै विताएकी थिइन्। इरिनाले आफूसँग प्रेम सम्बन्ध भएपनि रोनाल्डोले अरु केटीहरुसँग पनि उठबस गर्ने गरेको खुलासा गरेकी छिन्।

उनले रोनाल्डोले आफूसँगै रहेका बेला पनि धेरै केटीहरुलाई भेट्नका लागि समेत अफर गर्ने गरेको खुलाएकी छिन्। ‘जब मैले म्यासेज पढे तर मलाई थाहा भयो कि रोनाल्डो दर्जनौ केटीहरुसँग फिजिकल रिलेशन रहेछ भन्ने,’उनले भनेकी छिन्,‘रोनाल्डो फुटबलपछि आफ्नो ध्यान केटीहरुप्रति मात्रै दिन्थ्ये।’एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर