Aamsanchar

आज फाल्गुनान्द जयन्ति

Author Image
बुधवार, कार्तिक २४, २०७३

falgunandaहाम्रो समाजमा धेरै समय लगाएरमात्र यूगपुरुषहरुको धर्तीमा प्रार्दुभाव हुनेगर्दछ, यि महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा यूगौँ गूगसम्म समाजलाई सकारात्मक पथतर्फ उत्प्रेरित गर्ने मार्ग देखाएर जाने गर्दछन् र आज त्यस्तै एकजना पुरुषको जन्म जयन्ति रहेको छ ।

किराँतहरुका गुरु फाल्गुनान्द लिङ्गदेन नेपालका एकजना वहुचर्चित गुरु, सत्य वक्ता र साधु हुनुहुन्छ, वहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरुमा सत्यमार्ग देखाउने गर्दछ । यिनै सामाजिक अभियन्ता अनि सामाजिक अनि अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको संझनामा आजका दिने नेपालभरि विभिन्न कार्यक्रमहरु अनि साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ति मनाईन्छ । वहाँका अहिंसाका सिद्धान्तहरु उदहारणीय रहेका छन् । सन् १९४२ मा पूर्वि नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चाकत्कारीक गुण रहेको विश्वाश गरिन्छ, पूर्विनेपालका विभिन्न ठाँउमा किरातहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा वहाँको ठूलो योगदान र सहभागीता रहेको छ ।
पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ वनाँउन अनि शिक्षाको प्रार्दुभावगर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ । यसै गरि किराँत समुदायलाई रुढीवादी परम्परा वाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको ठुलो हात छ ।
नेपालमा मात्र नभईकन सारा संसारभरि फैलिएका किराँत समुदायले आजको दिन फाल्गुनान्द जयन्ति मनाउने गर्दछन्, विशेषत नेपाल, भुटान, भारत लगायतका ठाँउमा वहाँको नाम वडो गौरवकासाथ लिईन्छ ।
गुरु फाल्गुनान्दवाट हामीले सिक्न सक्ने कुराहरु धेरै छ, वहाँका सपना र आकांक्षाहरु साकार पार्न जरुरी छ, सामाजिकरुपमा विकसीत समाजका आधारहरु भनेकोनै चतनशील मान्छेहरु हुन्, चेतनाको लहर फैलिरहोस, शिक्षाको ज्योती वलिरहोस, शुभकामना
सुयोग ढकाल 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर