Aamsanchar

सँस्थालाई बदनाम पार्न भ्रम छरिदैछ

Author Image
बिहिवार, मंसिर २, २०७३

 

ttttttttttttttt

 

ताराप्रसाद संजेल, अध्यक्ष पदका उमेद्वार, सहारा नेपाल साकोस

 

तपाईले नेतृत्व गरेको सहारा नेपाल साकोसका बिषयमा बजारमा बिभिन्न प्रकारका टिका टिप्पणी भइरहेका छन् नी ? खास कुरा चाही के हो ?

कुन बिषयमा केन्द्रीत भएर प्रश्न गर्नुभएको हो । मैले बुझ्न सकिन । तर,यही मंसिर ४ गते हुने चुनाबका शन्दर्भमा केन्द्रीत भएर यो प्रश्न आएको हो भने चाही मैले केही भन्नै पर्ने हुन्छ । सहारा नेपाल साकोसले २० बटा बसन्त पार गरिरहँदा धेरै संकट र उतारचढाब ब्यहोरेको छ । आज आएर बल्ल यसले अलिकती दर्बिलो भएर आएको छ । यो स्थितीमा आइपुग्न यसमा सबैको योगदान छ । बिशेष गरी संस्थापकहरुको ठुलो योगदान छ । त्यससँगै कर्मचारी र सम्पूर्ण शेयर सदस्यहरु जसले सँस्थाप्रति बिश्वास गरेका छन्, उनीहरु यसका असली हकदार हुन । यसर्थ चुनाबका शन्दर्भमा केन्द्रीत भएर बजारमा भएका हल्का फुल्का टिका टिप्पणीको कुनै अर्थ छैन । यो सँस्थाको उचाइमा जल्नेहरुले नचाहिँदा प्रचारबाजी गरिरहेको मैले पनि सुनेको छु ।

चुनाबी आँखाबाट हेरेर सस्थालाई बदनाम गराउने कुराले सँस्थालाई कहाँ पुर्याउला ?

यो चाँही चिन्ताको बिषय हो । सहारा नेपालको ख्याती संसारभर फैलिएको छ । यसले अन्तराष्टिय अवार्डहरु प्राप्त गरिसकेको छ । बर्ष दिनमा नेपाल भित्रका १ सय भन्दा बढी सँस्थाका लागि यो संस्था अबलोकन केन्द्रको रुपमा रहेको छ । यस संस्थाले संचालन गरेको लघुबित्त कार्यक्रमको मोडेललाई आज अरुले पनि सिकेर ब्यबहारमा उतार गर्दे लगेको अबस्था छ । करोडौंको शेयर पूजी भएको र लगानीको दायरालाई बढाउँदै लगेको यो जस्तो अरु कुनै सँस्था छैन । यसरी उचाइमा पुगेको संस्थाका बारेमा टिका टिप्पणी गर्नु पर्दा अलिक सोचेर बोल्नु पर्दछ । हल्का रुपमा पर्चा निकालेर भए नभएका कुरा बाहिर ल्याउँदैमा भ्रम छर्न सकिन्छ जस्तो मलाई लाग्दैन । यो काम जसबाट भयो एकदमै गलत भएको छ । यो प्रवृत्तिलाई सदस्यहरुले चिनेका छन् ।

सँस्थामा शुसासन, पारदर्शीता र आर्थिक अनुशासन छैन भन्ने प्रचार भइरहेको छ नी ?

त्यस्तो पटक्कै भएको छैन । साधारणसभामा प्रस्तुत प्रतिबेदनहरु हेर्नेले थाहा पाएकै छन् । त्यहाँ कतैबाट कुनै बिरोध भएको मैले त थाहा पाइन । सबै प्रतिबेदनहरु सर्बसम्मतीले पारित भए । त्यस अघि नै सम्पन्न भएका सदस्य सभाहरुमा पनि सदस्यहरुले सुझाब दिएका आधारमामा पनि सदस्यका हितका कार्यक्रमहरु थप गरिएका छन् । आजसम्म जे जति निर्णय र प्रस्ताबहरु पारित भएका छन् यसमा कुनै बिबाद र असहमति भएका छैनन् । लेखा र ऋणका कारोबार सहकारीका नियम र बिनियमका आधारमा नै भएका छन् । सम्पूर्ण आर्थिक गतिबिधी आर्थिक नियमाबलीका आधारमा नै हने गरेका छन् भने अडिट समेत सिएले नै हेर्ने भएका कारण कुनै आर्थिक अनुसासन बिपरितका काम भएका छैनन् । आन्तरिक र बाह्य अडिटरले समेत चेक गर्ने भएका कारया सदस्यहरुले भ्रममा पर्नु पर्ने कुनै कारण छैन ।

अनी सँस्थाको आबश्यता भन्दा पनि बढीको भबन बनाउनु भयो । महंगो गाडी चढ्नु हुन्छ । ठूला ठूला सेमिनार, गोष्ठि गरेर पैसा बाहिर जान्छ भनेर कुरा आइरहेको छ नी रु यो कुरा के हो ?

सही प्रश्न गर्नु भयो । सँस्था स्थापना भएको २० बर्षसम्म यसको आफ्नो भबन छैन । अहिलेसम्म पनि भाडा मै  सँस्था चलाउनु परिरहेको छ । अब सस्था ठूलो भयो । एउटा भबनको आबश्यकता महसुस भएकै हो । ५० बटा भन्दा बढी शाखा छन् । पछि पछि सबै शाखाका आफ्नै भबनको आबश्यकता हदै जान्छ । सँस्थालाई आधुनिक र प्रबिधि मैत्री बनाउनु आजको आबश्यकता हो । यसर्थ अहिले क्षणिकतामा कुरा गर्न मजा आउछ तर पछि यही बन्दै गरेको भबन पनि अपुग हुन सक्छ । त्यसैले गर्दा यस्ता कुरामा सदस्यमा भ्रम छर्नु राम्रो होइन । जहासम्म गाडी किनेको कुरा छ । यो पनि आबश्यक नै छ । सस्थागत काममा हिडिरहँदा सधै भाडामा गाडी चलाउनु उपयुक्त हुदैन । कहिले बिदेशी आउछन् । कहिले माथिल्लो निकायका मानिस आउछन् । फिल्डमा लिएर उदयपुरदेखि पाचथरसम्म पुग्र्ने पर्ने हुन्छ । त्यसका लागि गाडी चाहिन्छ । हिडेर कहिल्यै पुगिदैन । यो कुरा बुझ्नेले त्यस्तो बेअर्थको कुरा गर्दैनन् । अब जहाँसम्म तालीम, गोष्ठि, सेमिनार गरेर खर्च धेरै भयो भन्ने कुरा छ । सस्थाको बिकाससगै तालीम गोष्ठिको आबश्यकता पर्छ । कर्मचारीलाई पनि दक्ष बनाउनका लागि र प्रबिधि मैत्री बनाउन सेमिनारको खाँचो हुन्छ । यसो नगरे अझ सस्थागत क्षमतामा ह्रास आउछ । तालीमले कसैलाई पनि हानी गरेको मलाई थाहा छैन ।

उसो भए यस्ता नचाहिँदा कुराको मुहान के हो ? र, तपाईहरु यसलाई कसरी चिर्नु हुन्छ त ?

त्यस कारण चुनाबी प्रतिस्पर्धामा उत्रनेले कुरा राम्ररी बुझेर मात्र आउनु पर्दछ भन्छु म । नत्र संस्था बदनाम हुन्छ । सस्थालाई बदनाम गरेर केही फाइदा हुनेबाला छैन । सधै बाहिर बसेर बिरोध मात्र गर्दा सस्था बलियो हुदैन । त्यसो गरेमा झन् सस्था कमजोर पो हुनसक्छ त । आक्रामक शैलीमा उत्रिदैमा सदस्यले मन पराउछन् भन्ने छैन । सस्थामा कसको लगानी छ । को निश्बार्थ लागेको छ,त्यो सबैले बुझेका छन् । अझ पुराना सदस्यहरु बढी बिज्ञ हुनुहुन्छ । नयाँ सदस्यहरुमा एक प्रकारको अफबाह फैलाएर भ्रम छर्ने कोशिष भएको मैले बुझेको छु । अब यस्ता नचँहिदा अफबाह चिरेर जान सदस्यलाई सचेत पार्दे बास्तबिकता बुझाउन लागेका छौं ।
अहिलेसम्म भएका राम्रा कामहरुको चर्चा गर्दै जानुपर्छ । सदस्यले शिक्षा, स्बास्थ्य, रोजगार र आत्मनिर्भरताका क्षेत्रमा पाएका उपलब्धी के कम छन् र ? सदस्यले नि :शुल्क उपचार पाउनु गलत हो र ? लघु बित्तमा रहेका महिलाले बीमा बापत रकम पाउनु ठीक हैन र ? उनीहरुले बीना धितो ऋण पाउनुलाई कसले बेठिक भन्न सक्छ ? तसर्थ सदस्यहरुले सस्तो लोकप्रियताका लागि चर्चामा आउन चाहनेहरुका कुराका पछि लाग्नु पर्ने आबश्यता म देख्दिन ।
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर