Aamsanchar

वि.सं. २०७३ साल मंसिर ३ गते शुक्रबारको राशिफल हेर्नुहोस्….

Author Image
शुक्रवार, मंसिर ३, २०७३

वि.सं. २०७३ साल मंसिर ३ गते। शुक्रबार। इश्वी सन् २०१६ नोभेम्बर १८ तारिख। नेपाल संवत् ११३७ कछलागा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– चतुर्थी, ११:१० बजेउप्रान्त पञ्चमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मेहनत गर्दा अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिरनले व्यक्तित्व निखार्नुका साथै आकर्षण बढाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आम्दानीका स्रोत बढ्नाले मनग्य आम्दानी हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसरवादीहरूले फसाउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित गराउनेछ। सामान्य मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। धेरैले मेहनतको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिष्ठा कमाउने बेला छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। काममा चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक नतिजा प्राप्त हुनेछ। अप्ठ्यारो समयमा सहयोगी जुट्नाले चुनौती पार लगाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउन सक्छ
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
नजिककासँग असमझदारी बढ्नाले सोचेको काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफ्नै अहंकारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। वादविवादमा अघि नबढ्नुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।अधिकार र प्रतिष्ठाका लागि जोखिम उठाउनुपर्ला। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। यात्राको प्रक्रियाले खर्च बढाउला। प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोग गर्दा जटिल सोचिएको काम सजिलै काम सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। कृषि–चौपायाबाट लाभ मिल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर