Aamsanchar

वि.सं. २०७३ साल मंसिर ६ गते सोमबारको राशिफल हेर्नुहोस्….

Author Image
सोमवार, मंसिर ६, २०७३

वि.सं. २०७३ साल मंसिर ६ गते। सोमबार। इश्वी सन् २०१६ नोभेम्बर २१ तारिख। नेपाल संवत् ११३७ कछलागा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– सप्तमी, ७:२८ बजेउप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। अहिले मेहनत गर्दा पछिलाई फाइदा हुने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मेहनत परे पनि कर्मको प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। पहिलेका सहयोगीहरू टाढिन सक्छन्। तापनि प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि मनग्य धन आर्जन हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आँटेको काममा सानोतिनो समस्या आउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखा पर्नेछ। सहयोग गर्नेहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा पनि पछि परिनेछ भने सोखले खर्च बढाउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनतले आम्दानी बढाउनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउनेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम पुन: प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने कामप्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पहिलेका योजना गोप्य राखेर अघि बढ्नुहोला।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर