Aamsanchar

एउटा जनप्रतिनिधि विकास निर्माणका लागि जति भएपनि सन्तृष्ट हुनुहुदैन

Author Image
सोमवार, मंसिर ६, २०७३

15139673_1009907042488789_937849853_n

झापा निर्वाचन क्षेत्र ४ का लागि आर्थिक वर्ष ०७३÷०७४ मा के कस्ता कामका लागि बजेट विनियोजन भए,योजना केछ लगायतका क्षेत्रगत सवालहरुमाथि यस क्षेत्रका माननीय सांसद प्रेम बहादुर गिरीको लामो समयदेखि प्रेस संयोजन गरिरहेका पत्रकार सागर गौतमले गरेको कुराकानी ।

१। आर्थीक वर्ष ०७३÷०७४वर्षका लागि क्षेत्र नम्बर–४ मा विकास निर्माणका कस्तो योजनाहरु बनाउनु भएको छ ?

–यो आर्थीक वर्ष ०७३÷०७४ को लागि झापाको निर्वाचन क्षेत्र नम्बर–४ मा हामी विशेषगरी अहिले पनि विरिङ खोला,टाङटिङ खोला,सुखानी खोला,सुरुङा खोला र हडिया खोलामा नदी नियन्त्रणको कामलाई उच्च महत्वका साथ सहजीकरण गर्ने योजना मैले बनाएको छु । यसपल्ट कनकार्ई नगरपालिकालाई उज्यालो नगरि बनाउने र क्षेत्रवरि नै विजुली प्रणाली सुधार गर्ने गरी अन्य विद्युतीकरणको क्षेत्रमा विशेष योजनामा पहल गर्ने मेरो ध्यान पुग्छ । केही पुलहरुको डिपिआर तयार गरिने छ । पहिले नै डिपिआर तयार भएका पुल मध्येबाट यसपालि बुधबारे र खुदुनाबारी जोड्ने जयपुर र सिस्ने खण्डमा पुल बन्ने कामको सुरुवात हुनेछ । त्यसपालि खुदुनाबारीमा बेलटार सुब्बा सिचाई पैनी साढे आठ करोडको योजना स्विकृती भइसकेको छ । कौदले खानेपानी योजना निर्माणधिन अवस्थामा छ । टाङटिङ खोलाको पुल टेण्डर लागिकन यसपल्ट सम्पन्न हुनेछ । दुर्गापुरबाट दानाबारी,राजदुवाली जाने सडकको दुर्गापुर सुखानी सडक खण्ड झापा खण्ड यसपल्ट हामी डिपिआर तयार गर्नेछौं । यसमा पर्ने पगला पुलको डिपिआर तयार पारेर निर्माण कार्य गर्ने छौं । रोड बोडको रकम र नगरपालिकामा समेत साझेदारी गरेर कालोपत्रेलाई तन्काउने अन्य बनाउने काम पनि गर्नेछौं । चारआलीबाट शनिश्चरे हुदै सुखानी आउने सडकको सात किलोमिटर डिपिआर तयार भई कालोपत्रे निर्माणको टेण्डर लागि सकेको अवस्था छ । चारपाने बाट नारायण चोक हुदै हातीकिला जाने सडक त्यो सडक कालोपत्रेको योजना केन्द्रिय निकाय स्थानीय निकाय अन्तर्गतको डोलीडार त्यो यसमा पहल कदमि भइकन त्यो पनि
कालोपत्रे काम टेण्डर लागि सुरु हुने चरणमा पुगेको छ । लक्ष्मीपुर झापाबाट घौलडुब्बा सडकको कालोपत्रे निर्माणको काम यो आर्थिक वर्ष हामी सुरु गर्ने छौं । विभिन्न खानेपानी योजना पनि यस आर्थिक वर्षका लागि हामी काम गर्नेछौं । यसरी थुप्रै योजना छन् । तर मोटामोटी रुपमा यो आर्थिक वर्षको लागि यो क्षेत्रको मुख्य– मुख्य योजनाहरु हुन् । अरु चाहि समुदाय सँग छलफल गरेर निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम,सांसद विकास कोष कार्यक्रमले पनि आम उपभोतmाहरु,नागरिक समाज,राजनैतिक दलका प्रतिनिधिहरुले दिएको सुझावका आधारमा योजनाहरु छनोट गर्ने काममा पनि सर्वपक्षीय बैठक राख्दै नगरपालिका,गाँउ विकास समितिमा हरुमा अहिलेचाहि
विचारहरु संकलन गर्ने काममा अगाडि बढिरहेको छु ।

२। तपाईको पहलमा क्षेत्रगत विकास योजना र बजेट कतिपय सर्भेको अवस्थामा छ,कतिपय रातो किताबमा परेका छन् तपाईको कार्यकाल भित्र सम्पन्न होला ?

– राष्ट्रिय योजना आयोगले राष्ट्रिय प्राथामिकताका योजनाहरु भनेर रातो किताब भाग–१ प्रत्येक वर्ष निकालछ । त्यो रातो किताब भाग–१ मा हाम्रो क्षेत्रमा पनि थुप्रै योजना परेका छन् । रातो किताब भाग–१ मा परेका योजनाहरु राष्ट्रिय योजना आयोगको जुन किताबमा पर्छ त्यसलाई नेपाल सरकारले आफ्नो उच्च प्राथामिकताका साथ कार्यान्वयन गरेर लैजानु पर्ने हुन्छ । ती योजनाहरुलाई त्यसको डिटेल प्रोजेक्ट
रिपोर्ट डिपिआर तयार गरेर कार्यान्वयनको चरणमा लैजान हाम्रो भूमिका हुनुपर्छ । कतिपय प्रश्न नम्बर –१ को सन्दर्भमा भन्दा रातो किताब भाग–१ मा परेका योजनाहरुको प्रसङ उठाएको छु । ती योजनाहरु क्रमागत हुन्छन् । तिनलाई हामी डिपिआर तयार  गरेर ती योजनाको फलोअफ गरेर बहुवर्षे योजना भएकाले एकै आर्थिक वर्षमा सकिदैन । ती योजनाहरु क्रमागत रुपमा सम्पन्न हुदै जान्छन् । त्यसलाई बीच–बीचमा मिहेनत गरेर बजेट थपेर ल्याउन सकिन्छ । कतिपय योजना मेरो कार्यकालमा सम्पन्न हुन्छ । जस्तै पुल निर्माणको कार्य टाङटिङ पुल सम्पन्न हुन्छ,तर धेरै योजनाहरु क्रमागत हुन्छन् । जस्तो नदी नियन्त्रणका योजनाहरु क्रमागत हुन्छन् । क्रमिक रुपमा अगाडि बढने
छ ।

३। नागरिकले आफ्नो अभिमत दिएर,विश्वास गरेर प्रतिनिधिको रुपमा संसदमा पठाए पछि नागरिकको कैयौं सवालहरुमाथि तपाईको ध्यान केन्द्रित हुनुपर्छ,तपाईले अहिले सम्म क्षेत्रगत विकासको काम गरिरहदा सन्तृष्ट हुनुभएको छ ?

एउटा जनप्रतिनिधि विकास निर्माणका लागि जति भएपनि सन्तृष्ट हुनुहुदैन । मिहेनत पूर्वक काम गर्ने हो । जति परिमाण आइ रहेको महसुस हुन्छ एकातिरबाट जस्तो नदीनियन्त्रण काममा म एक ढङले अहिले एक चरणबाट अगाडि बढेको छु । विदुतीकरणको सन्दर्भमा एक ढङले काम अगाडि बढेको छ । बाटाघाटाका कुराहरु यो आर्थिक वर्षबाट केही लक्षणहरु देखा परेका छन् । यद्यपि उपभोतmाका अनन्त आवश्यकताहरु लाई सम्बोधन गनेृ अझ थुप्रै कामहरु बाँकी छन् । एउटा जनप्रतिनिधि सन्तृष्ट भएर बस्नु हुदैन भन्ने मलाई लाग्छ ।

४। तपाई दास्रो संविधान सभाबाट सभासदमा निर्वाचित भएपछि अब चाहि टाङटिङ खोलाको पुल सम्पन्न होला भन्ने नागरिकहरुले ठूलो आशा र भरोसा गरेका थिए,अहिले सम्म पनि नागरिकहरु पुलमा फड्को जोडेर आउजाउ गर्नुपर्ने बाध्यता रहिआएको छ किन यस्तो हुन गयो ?

–यो पुल सुरुवाती नै अप्ठयारो ठाँउबाट सुरु भयो । पुलको नाम टाङटिङ खोलामा पुल भनेर छैन् । यो चाहि दानाबारी,शिविर जाने सडकमा बक्स कज्वे भनेर योजना प¥र्यो । सुरुमा हामीले बक्स कज्वे भनेर होइन भनेपछि पुल निर्माणको काम सुरु भयो । तर योजनामा चाहि बक्स कज्वे नै भनिएछ । अनि पछि चाँही ९ स्पानको मात्र बनाउने भनेर गरिएको रहेछ । ९ स्पानको मात्र बनिदा आदि खोलामा मात्र पुल टुगिने
भयो । ७ स्पान बनेपछि निर्माण व्यवसायीले फरफारक लिन र कामबाट फश्र्योउट गर्ने प्रत्यन्न गर्नुभयो । म त्यतिबेला निर्वाचित भएर आइपुगेपछि,त्यो केश त झन अगाडी जाने र न्यायको ढोका सम्म ढोका ढकढक्याउन ठेक्दार पक्ष पुग्नुभयो,किनभने उहाँले बक्स कज्वे भनेर पुल बनाई रहदा,वहाँलाई पनि आर्थिक रुपमा धेरै ग्राहो भएको रहेछ । उहाँ कानुनी ढोका ढकढक्याएर न्यायको चरणमा पुग्नुभयो । उहाँलाई पनि जसरी पनि यसो गर्नुहुदैन भनेर संम्झाउनु पर्ने एकातिर थियो । अर्कोतिर सडक विभाग ९ स्पानको काम चाहि जो ठेक्दार हो,उहाँले नसकिकन अर्को नयाँ प्रावधिक काम गर्ने मिल्दैन । स्किम बनाउन मिल्दैन र थप्नुपर्ने काममा चाहि योजना निर्माण गरेर टेण्डर निकालन मिल्दैन भनेर प्रावधिक रुपमा अप्ठयारो परेको अवस्था थियो । यो दुइवटा अप्ठयारो सँग जुध्दा गत बैशाखतिर चाहि ठेक्दारले पनि ९ स्पानको काम सम्पन्न गरेपछि टेण्डर लागेर अहिले चाहि ४ स्पानको थप भएर अगाडि जाने अवस्था छ । अत्यन्तै अप्ठयारो ठाँउबाट एउटा छिचोलेर,छिमोलेर एउटा निकास निकालन सकिएको छ,यसलाई मैले एउटा अप्ठयारो भित्रको सजिलो रुपमा लिएको छु । यो आर्थीक
वर्षमा हामी टाङटिङ पुल निर्माणको कार्यलाई सम्पन्न गर्नेछौं ।

५ क्षेत्रगत विकासका लागि थुप्रै पहल गर्नुभयो, तर दुर्गापुर देखि दानाबारी हुदै इलाम सदरमुकाम सम्म जोडने सडक तपाईले पहल गरेको भए कालोपत्रे हुन्थ्र्यो भन्ने जनगुनासो र त्यतिकै व्यापक टिकाटिप्पणी सुनिन्छ माननीय ज्यूको पहल नभएको हो त ?

–यस सडकलाई अझ भन्ने हो भने हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्ग तीनवटा राजमार्गलाई जोड्ने अहिलेको मेची अञ्चलको प्रमुख मार्ग यसलाई बनाउन सकिन्छ । विकास गर्ने सकिन्छ मैले सासंद भवनमा पनि यस विषयमा बोले
। प्रस्तावहरु पनि त्यसरी नै योजना आयोगहरुमा सम्बन्धित मन्त्रालयमा पनि लिएर जाने काम गरे । छोटकरीमा भन्दा यसपटक म यस सडकको सबै कामलाई भन्दा पनि मैले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको विशेषगरी दुर्गापुर दानाबारी सडकलाई चाहि मुख्य प्राथामिकताका साथ लिएर जाने सोच बनाएको छु । यसपल्ट डिपिआर बनाएर कामचाहि अगाडि बढाइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर