Aamsanchar

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

बेनी (म्याग्दी) ।

images (1)

म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् ।

गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै खानेपानीका लागि बनाइएका संरचना भत्काइ दिएपछि ५० घर रहेको फूलबारीका सम्पूर्ण बासिन्दा र विद्यालयका विद्यार्थीलाई खानेपानीको सास्ती खेप्नुपरेको हो ।

छिमेकी गाविस निस्कोटबाट ल्याइएको खानेपानीको पाइप बगाएपछि पुनः मर्मत सम्भार तथा आपूर्तिमा समस्या भएको स्थानीय चूडामणि सापकोटाले बताउनुभयो ।

फूलबारीमा रहेका करिब ५० घरधुरी, स्थानीय पुरुषोत्तम प्राथमिक विद्यालयमा रहेका १०० विद्यार्थीलाई खानेपानीको समस्या भइरहेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीले घरबाटै पानी लिएर विद्यालय जाने गरेका सापकोटाले बताउनुभयो ।

खानेपानी आपूर्तिमा सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा समेत सफल हुन नसकेका स्थानीयले खानेपानी अनावश्यकरुपमा प्रयोग नगर्न अनुरोध गर्दै गाउँ नजिकै रहेको मुहानबाट अस्थायी रुपमा आपूर्ति गरिरहेका छन् ।

खानेपानीको अभावका कारण दूषित पानीको प्रयोग समेत हुनसक्ने भएकाले उमालेर पिउन समेत विद्यार्थीमार्फत घरघरमा जानकारी पठाइएको छ । सानो कुवाबाट खानेपानीको प्रयोग गर्दै आइरहेको अवस्थामा जिविस, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलगायतका सङ्घसंस्थालाई समेत पहल गरिएको छ ।

जिल्लाको निस्कोट, रुम, ओखरबोट गाविसका साथै बागलुङको तमान, लाम्मेला, ढोरपाटनलगायतका क्षेत्रमा जाने मार्ग समेत रहेको फूलबारीलाई व्यापारिक क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ ।

खानेपानीसँगै नदीले कटान गरेपछि त्रसित अवस्थामा रहेका स्थानीयले जिविस र भूसंरक्षण कार्यालयबाट सानो बजेट उपलब्ध गराइएकाले तटबन्ध निर्माणमा समेत समस्या भएको बताएका छन् । बाढीले गाउँका पाँच घरपरिवार विस्थापित भएका थिए भने फूलबारीका थप ४५ घरधुरी जोखिममा रहेका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर