Aamsanchar

मिडिया विकासमा प्रेस काउन्सिल

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

 

borna b karki
बोर्णबहादुर कार्की
अध्यक्ष, प्रेस काउन्सिल नेपाल

…………………………………………………………………………………………..

प्रेस काउन्सिल नेपाल पत्रकारिताको पेशागत उच्चतम् आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धनका लागि निरन्तर अघि बढ्दै आइरहेको छ । प्रेस स्वतन्त्रताको समेत संरक्षण एवम् सम्वद्र्धन गर्दै आचारसंहिता पालनाका निम्ति पत्रकार र आमसञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदै आएको छ । साथै, नेपाल सरकार र सञ्चारमाध्यमबीच पुलको रुपमा क्रियाशील रही मर्यादित र उत्तरदायी पत्रकारिताको विकासका लागि सक्रिय रहेको छ काउन्सिल ।
यसका अतिरिक्त आचारसंहिता तर्जुमा, आचारसंहिता अनुगमन, आचारसंहिता जागरण र प्रचारप्रसार, पत्रकारितासम्बन्धी समसामयिक विषयमा मिडिया संवाद, पत्रपत्रिकाको दीर्घकालीन संरक्षणका लागि विद्युतीय सुरक्षा विधि सिडी रोम प्रविधिबाट संरक्षण गरी अनुसन्धानकर्ताहरुलाई सामग्री वितरण, पत्रकारहरुले प्रेस तथा सञ्चार उपकरणहरु खरिद गर्दा लिएको ऋणको ब्याजमा मिडिया विकास कोषको माध्यमबाट अनुदान प्रदान, पत्रकारिता क्षेत्रको विकासका लागि स्थापना भएका प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, भाषागत पुरस्कारजस्ता विभिन्न पुरस्कार प्रदान, पत्रकारलाई उपचार सहयोग, पत्रकार आचासंहिताको योग्यता परीक्षण, पत्रपत्रिका वर्गीकरण, मूल्याङ्कन, प्रेस क्लिपिङ्ग सेवा, संहिता त्रैमासिक जर्नल प्रकाशन, पत्रपत्रिका स्क्यानिङ्ग गरी अभिलेख राख्ने, मिडिया विकास कोष तथा पत्रकार कल्याण कोष वृद्धि गरी सेवा दिने आदिजस्ता कार्यमा दत्तचित्त भएर लागिरहेको छ ।
विगत चार महिनामा काउन्सिलले गरेको प्रगति निम्नानुसार छ ः
चालुतर्फको प्रगतिमा सप्mवेयर इञ्जिनियरलगायत छापा, टेलिभिजन, अनलाइन, रेडियो अनुगमनका लागि ना.सु. स्तरका एक–एक जना जनशक्ति सेवा करारमा लिनेसम्बन्धी कार्यविधि तयार भई सूचना प्रकाशनको तयारीमा रहेको छ । मिडिया अनुगमनका लागि कम्प्युटर, ल्यापटप खरिद गर्न लागत अनुमान (स्पेशिफिकेशन) तयार भई खरिदको अन्तिम चरणमा रहेको छ । यस्तै विद्युतीय मिडियाको निरन्तर अनुगमनका लागि डेडिकेटेड इन्टरनेट सेवा जडान प्रारम्भ भइरहेको छ । साथै, विद्युतीय मिडियाको निरन्तर अनुगमन गर्न डेडिकेटेड विद्युत आपूर्तिका लागि प्राधिकरणसँग निरन्तर अनुरोध भइरहेको छ ।
सञ्चारमाध्यम अनुगमन उपकरण ः विद्युतीय सञ्चारमाध्यमको अनुगमन प्रयोजनका लागि सञ्चारमाध्यम अनुगमन गर्न मेशिनरी उपकरण कार्यालयमा जडान भइसकेको छ । चालु आर्थिक वर्षको प्रारम्भबाट अनलाइन तथा विद्युतीय सञ्चारमाध्यमसहितका मिडियाले प्रभावकारी रुपमा आचारसंहिता अनुगमन भइरहेको छ ।
पत्रपत्रिका वर्गीकरण ः आर्थिक वर्ष २०७१÷०७२ को पत्रपत्रिका वर्गीकरणका लागि आवेदन दिने ९१० पत्रिका वर्गीकरणसम्बन्धी कार्य अन्तिम अवस्थामा रहेको छ । दोलखा, काभ्रे, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र मोरङ जिल्लामा पत्रपत्रिकाको बजार अनुगमन गरिएको छ भने मोरङमै पत्रपत्रिका प्रकाशनको संख्या एकिन गर्न प्रेस निरीक्षणसमेत भएको छ ।
आचारसंहिता अनुगमन ः पत्रकार आचारसंहिता उल्लघंनका सम्बन्धमा सचिवालयबाट दैनिक अनुगमन कार्य भइरहेको छ । पत्रकार आचारसंहिता उल्लघंन गर्ने मिडियामाथि तत्काल कारवाही प्रक्रिया प्रारम्भ गर्ने गरिएको छ । यसैबीच २०७३ साल मंसीर ५ गते नेपाली कांग्रेसकी नेतृ रीता खनालले आफ्नो चरित्र हत्या हुनेगरी समाचार छापिएकाले दृष्टि साप्ताहिक र सूर्य खबर डटकम(अनलाइन) लाई कारवाही गर्न माग गर्दै काउन्सिलमा उजुरी दर्ता गराउनुभएको छ । विद्युतीय मिडियाबाट पत्रकार आचारसंहिता पालन भए÷नभएको सम्बन्धमा साँझ–बिहान रेकर्ड गरी अनुगमन भइरहेको छ । छापा र विद्युतीय सञ्चारमाध्यमलाई आचारसंहिता पालनाका लागि सजकता अपनाउन पत्राचार, छलफल कार्यक्रम गर्ने गरिएको छ ।
पत्रकार आचारसंहिता २०७३ कार्यान्वयनमा ल्याइएको छ । यस अवधिमा स्वअनुगमनको आधारमा आचारसंहिता उल्लंघनका विषयमा ४७ वटा सञ्चारमाध्यमलाई पत्राचार गरिएको छ । आचारसंहिता उल्लंघनका विषयमा परेका १३ वटा उजुरीका सम्बन्धमा आवश्यक छानविन भई कारवाहीका लागि पत्राचार गरिएको छ । मिडियाकै विषयमा विभिन्न क्षेत्रबाट १६ वटा जनगुनासाहरु प्राप्त भएका छन् । त्यसउपर कारवाही थालिएका छन् ।
यस्तै नयाँ आचारसंहिताको प्रचारप्रसारका क्रममा काठमाडौं, मोरङ (विराटनगर) र पर्सा (वीरगञ्ज) मा आचारसंहिता जागरण कार्यक्रमका क्रममा पत्रकार र सरोकारवालाहरुबीच छलफल गरिएको छ ।
सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन ः काउन्सिलमा नेटवर्किङसम्बन्धी काम भइरहेको छ । विभिन्न विधामा अध्ययन÷अनुगमनका लागि अध्ययन गर्न आउने सेवाग्राहीलाई आवश्यकताअनुसार पुराना पत्रिकाको अभिलेखको इमेज डाटा तथा प्रिन्ट उपलब्ध गराउने कार्य भइरहेको छ । पुराना पत्रपत्रिकाको अभिलेख व्यवस्थित गर्न विद्युतीय प्रविधि (आर्काइभ प्रणाली) द्वारा संरक्षण गरिएको छ । विद्युतीय सञ्चारमाध्यमहरु रेडियो, टेलिभिजन र अनलाइनको आचारसंहितासम्बन्धी विषयमा विभिन्न समूह बनाई अनुगमनको काम भइरहेको छ । अनलाइन सूचीकरणका लागि आवेदन पेश गर्ने सञ्चार संस्थाहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । हालसम्म ४७१ अनलाइन सूचीकरण गरिएको छ ।
मिडिया विकास कोष ः प्रेस काउन्सिल नेपाल अन्तर्गत रहेको मिडिया विकास कोष उपसमितिले मोफसलको पत्रकारिता क्षेत्रको विकासका लागि अफसेट प्रेस स्थापना गर्न, एफएम उपकरण खरिद गर्न लिएको बैंक ऋणमा ब्याज अनुदान उपलब्ध गराउँदै आइरहेको छ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषबाट यस अवधिमा ब्याज अनुदानवापत देहायअनुसार सहयोग उपलब्ध गराइएको छ ।

anudan


प्रेस क्लिपिङ सेवा ः पत्रपत्रिकाहरुमा प्रकाशित समाचार, लेख, रचना एवम् सूचनाहरुको दैनिक रुपमा क्लिपिङ तयार गरी सम्बन्धित ग्राहकहरुलाई प्रदान गरिंदै आएको छ । प्रेस क्लिपिङ सेवा प्राप्त गर्ने संस्थाको संख्या ५९ रहेको छ ।
पत्रकार कल्याण कोष ः पत्रकार कल्याण कोषबाट देहायका चारजना बिरामी पत्रकारलाई औषधोपचारका लागि रु. ३५,००० आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

patrakar kalyan kos
काउन्सिलसँग पत्रकार र संघ–संस्था कार्यक्रम ः यस कार्यक्रमको नाम दिई समसामयिक विभिन्न विषयमा पत्रकार, विभिन्न संघ–संस्था र सरोकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्ने गरिएको छ ।
विश्व प्रेस काउन्सिलको बैठकमा सहभागिता ः २०७३ असोज १५ देखि २१ सम्म साइप्रसमा सम्पन्न भएको विश्व प्रेस कायन्सिलको कार्यकारी परिषद्को बैठकमा काउन्सिलका सदस्यद्वय किशोर श्रेष्ठ र खिलबहादुर भण्डारी सहभागी हुनुभएको थियो । उक्त कार्यकारी परिषद्को बैठकले प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । यसैगरी भारतको नयाँ दिल्लीमा २०७३ मंसीर १ गते भएको भारतीय प्रेस काउन्सिलको स्वर्णजयन्तीमा प्रेस काउन्सिल नेपालको तर्फबाट अध्यक्ष बोर्णबहादुर कार्की, सदस्य किशोर श्रेष्ठ र मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता रहेको थियो । सोही अवसरमा सार्क प्रेस काउन्सिल स्थापना गर्ने सम्बन्धमा छलफल भएको थियो ।
महिला समाचार सम्प्रेषणसम्बन्धी (विशेष) आचारसंहिता मस्यौदा ः काउन्सिल सदस्य शुभेच्छा विन्दु तुलाधरको संयोजकत्वमा चार सदस्यीय महिला समाचार सम्प्रेषणसम्बनधी (विशेष) आचारसंहिता निर्माण कार्यदलले विशेष आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार परिसकेको छ । यसैमा केन्द्रीत रहेर सरोकारवालाहरुबीच छिट्टै अन्तक्र्रिया कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर